२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

रुपन्देही उद्योग संघको ४६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइर्दै



बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४६ औं स्थापना दिवश एवम उद्योग दिवश-२०८० विभिन्न कार्यक्रम गरि मनाउन लागेको छ । संघले स्थापना दिवश ३ दिवशिय कार्यक्रम गरि मनाउन लागेको हो ।

स्थापना दिवशको अवसरमा पहिलो दिन बुधवार सामाजिक सेवा कार्यक्रम अन्तरगत तिलोत्तमा नगरपालिकाको पहुनीमा रहेको मानव सेवा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुका साथै निशुल्क स्वाश्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको सुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका निर्वतमान अध्यक्ष माधव प्रसाद पौडेलले उद्योग र उद्योगीको हकहितका लागि स्थापना गरिएको उद्योग संघले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउदै समाजको विकासको लागि सबैको समान दाथित्व भएको धारणा राखे । उनले संघले समाजका सबै वर्ग र समुदायसंग हातेमालो गरि समाजको उन्नतीमा अगाडी बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

संघका अध्यक्ष दिलिप सापकोटाले संघको सामाजिक उत्तरदायित्वलाई मनन गर्दै मानव सेवा आश्रममा पुगेको बताउदै यस्ता कार्यक्रमले सबै उद्योगीको शिर उचो बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । सापकोटाले रुपन्देही उद्योग संघको विगतको इतिहासलाई बचाउदै समाजमा स्थापित भएर अगाडी बढन आफ्नो नेतृत्व सधै कटिवद्ध रहेको धारणा राखका थिए । कार्यक्रम संघका महासचिव हिरामणी भट्टराईको सञ्चालनमा तथा संयोजक अशोक कुवरको धन्यवाद ज्ञापनमा भएको थियो ।

संघले मानव सेवा आश्रम, पहुनीमा आश्रित ९५ जना वृद्धवृृद्धाहरुलाई खाना र निशुल्क स्वाश्थ्य परिक्षणको प्रवन्ध गरेको थियो । त्यस अवसरमा संघका पूर्वअध्यक्ष वोनिन पिया, बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, द्वितिय उपाध्यक्ष हरि बहादुर खत्री, सचिव सुमन बस्याल, महिला सचिव मञ्जु भुसाल, सहकोषाध्यक्ष विशाल बेल्वासेसहित कार्यसमितिका सदस्य लगायतको उपस्थिती थियो ।

संघले स्थापना दिवशका अवसरमा बिहिबार व्यवसायीक संघसंस्थावीच अन्तर व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगितामा एक दर्जन संघसंस्थाका खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक बलबहादुर गोदारले बताऐ । त्यसैगरि शुक्रबार मुल कार्यक्रम गरिने छ । त्यस कार्यक्रममा उद्योगीहरुलाई सम्मान अन्तरगत उत्कृष्ठ रोजगारदाता उदोग, उत्कृष्ठ महिला उद्यमी, उत्कृष्ठ युवा उद्यमी, उत्कृष्ठ कृषि उद्यमी, उत्कृष्ठ पर्यटन उद्यमी तथा जिल्लाभरका उद्योगीहरुबाट उत्कृष्ठ उद्योगी छनौट गरि सम्मान गरिने महासचिव हिरामणी भट्टराईले बताए । सोहि दिन रक्तदान कार्यक्रम पनि गरिने कार्यक्रम संयोजक माधव नेपालले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १२ : ४१ बजे

एमालेमा आमूल रूपान्तरण आवश्यक : सुरेन्द्र पाण्डे

बुटवल । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले

अन्तिम समयमा गोल खाँदा साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा

एसपी थापालाई संघमा स्वागत : ट्राफिक व्यवस्थापनमा बुटवललाई नमुना बनाउन सुझाव

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल प्रहरी लुम्बिनी प्रदेश राजमार्ग

वेस्टर्न मेगा कलेज बुटवलमा महिनावारी स्वास्थ्य, सरसफाइ तथा सचेतना सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

बुटवल । बुटवल-१५ स्थित वेस्टर्न मेगा कलेजमा महिनावारी स्वास्थ्य, सरसफाइ

स्वदेशी सिमेन्ट र कंक्रिट प्रयोग बढाउन विज्ञहरूको सुझाव, बुटवल-पोखरा सडक विस्तार यसै वर्ष टेन्डरमा जाने

बुटवल । पूर्वाधार विकास तथा निर्माणका काममा स्वदेशी उत्पादनको प्रयोगलाई