२३ चैत्र २०८२, सोमबार | April 6, 2026

लगानी सम्मेलनको तयारीमा कर्णाली प्रदेश सरकार



सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनका लागि चालु आवमै लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो ।

आर्थिक मामिला तथा योजनमन्त्री वेदराज सिंहले लगानी सम्मेलनका लागि सरकारले तयारी सुरु गरिसकेको जानकारी दिए। “प्रदेश सरकार यसै आवमा लगानी सम्मेलन गर्नेगरी तयारीमा जुटेको छ”, मन्त्री सिंहले भने, “हाम्रो वार्षिक कार्यक्रममा नै कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने भनेका छौँ । त्यहीअनुसार अहिले हामी तयारीमा लागेका छौँ ।”

कर्णाली प्रदेशमा लगानी भित्र्याउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी सरकारले योजना बनाएको बताउँदै उनले प्रदेशभित्र उद्योग सञ्चालन गर्न सकिने क्षेत्रमा लगानी बढाइने मन्त्री सिंहले बताए। “कर्णालीका लागि उपयुक्त हुने खालका उद्योग स्थापना गर्ने र त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हाम्रो योजना छ । प्रदेशमा रहेका स्रोतको उचित रुपमा प्रयोग गर्नेगरी हामीले लगानी भित्र्याउने गरी लगानी सम्मेलन गर्दै छौँ”, उनले भने। कर्णालीको स्रोतको उचित परिचालन गरी आन्तरिक आम्दानी बढाउने गरी सरकारले काम थालेको भन्दै त्यसमा सबै पक्षले हातेमालो गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  १ : ५९ बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती