१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाउदैं



बुटवल । रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस (चार्टर नाईट) मनाउने भएको छ । बिहीबार क्लबको सचिवालयमा पत्रकार सम्मेलन गरी स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने अध्यक्ष करुण खनालले बताए ।

बुटवलमा स्थापना भएको पुरानो क्लब भएको नाताले यस क्षेत्रको सामाजिक उत्तरदायित्वमा सधै अग्रसर रहँदै आएको उनले बताए । रोटा वर्ष २०२३÷२४ मा १० करोड रुपैयाँ बराबरको परियोजनाहरु अगाडि बढिरहेको पनि उनले बताए । सामाजिक रुपमा क्रियाशिल रहेका समूहबाट आवश्यकता महसुस गरेर माग भएअनुसार परियोजना अगाडि बढाउँदै आएको खनालले बताए ।

सिद्धार्थ बाल बहिरा विद्यालयलाई सवारी साधन, कम्युटर, किताब, बुटवल उपमहानगरपालिकालाई आधुनिक वारुणयन्त्र वितरण, रोटरी एम्बुलेन्स, पोलियो प्लस कार्यक्रम, ब्यवसायिक तालिम, बृहत् स्वस्थ्य शिविर, रोटरी पार्क फुलबारी, रोटरी सेड शंकरनगर बनबाटिका, गौतमबुद्घ मुटु अस्पतालमा क्याथ ल्याब सेवा, लुम्बिनी प्रादेशिक तथा सिद्धार्थ बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट, रोटरी सेवा पदक दुई दुई वर्षमा वितरण गरिदै आएको उनले बताए ।

क्लबबाट अगाडि बढेका एक दर्जन बढी परियोजनाहरु रहेका छन् । आरसिसि केरवानी बसन्तपुर, अनराठ कपिलवस्तु र भाटा रुपन्देहीको विद्यालयमा शैक्षिक वातावरण र स्थानीय क्षेत्रमा जिविकोपार्जनका कार्यक्रम, साक्षरता अभियान, शतप्रतिशत पिएचएफ, एकजना सदस्यलाई मेजर डोनर लिन प्रेरित गर्ने, बृहत् स्वस्थ्य शिविर, नेतृत्व विकास र क्षमता विकास तालिम, अस्पताल र नर्सिङ होमको फोहोरमैला ब्यवस्थापन, बुटवल आम्दा अस्पतालमा वर्न युनिट संचालन, जेष्ठ नागरिक मिलन केन्द्रमा छोरी शिक्षा परियोजना, देवदह मेडिकल कलेजमा ब्लड बैक स्थापना लगायतका कार्यक्रम गर्ने उनले बताए ।

स्थापना दिवसमा क्लबबाट गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति, पत्रकारिता पुरस्कार, पत्रकार अध्ययनरत विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति, नरेन्द्रतेज दृष्टिविहिन विद्यार्थी अक्षयकोष, द्रब्यचन्द्र दृष्टिविहिन अक्षयकोष, सपना अक्षयकोष, वृजनयन ट्रष्ट लगायतका अक्षयकोषबाट पुरस्कृत गरिने छ ।

कार्यक्रममा क्लबका पब्लिक ईमेज चेयर दया भण्डारी, कोषाध्यक्ष लेखनाथ भुषाल, सहसचिव गोपाल अधिकारीले रोटरीबाट समाजमा दिदै आएको योगदानको बारेमा प्रकाश पारेका थिए । क्लबमा हाल एकसय बढी सदस्यहरु छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ३ : २९ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति