१२ बैशाख २०८३, शनिबार | April 25, 2026

माघ ४,५ र ६* गते नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुँदै



बुटवल । नेपालगन्जमा पहिलो पटक संचालन हुने राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिताको मिति परिवर्तन भएको छ । बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा आगामी माघ ४,५ र ६ गते राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिता हुने भएको हो ।

मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० को तयारीलाई तिब्र पारिएको बाँके जिल्ला ब्याडमिन्टन संघले जनाएको छ । ब्याडमिन्टन खेलको स्तर उन्नती तथा खेलाडीको विकास गर्ने उद्देश्यका साथ नेपालगन्जमा पहिलोपटक राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिता गर्न थालिएको संघका सचिव भक्तबहादुर गोदार क्षेत्रीले बताए ।

सचिव गोदारले प्रतियोगितामा देशभरबाट बिभागिय सहित उत्कृष्ट खेलाडीहरु सहभागी हुने जानकारी दिए । उनले मेन्स डबल्स (खुल्ला), मेन्स डबल्स (बि लेभल) र भेट्रान्स (४५ प्लस) गरि ३ ईभेन्टमा प्रतियोगिता हुने जानकारी दिए ।

गोदारका अनुसार प्रतियोगितामा मेन्स डबल्स (खुल्ला) को उपाधि विजेताले नगद १ लाख रुपैया पुरस्कार सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ भने दोस्रो टिमले नगद ७० हजार तथा तृतिय टिमले नगद ३० हजार रुपैया, मेडल, प्रमाणपत्र पाउने छन् । यसैगरि मेन्स डबल्स बि लेभलको प्रथम, द्धितिय र तृतिय टिमहरुले क्रमश ४० हजार, ३० हजार र १० हजार रुपैया तथा भेट्रान्सतर्फ प्रथम, द्धितिय र तृतिय टिमले क्रमश ५० हजार, ३० हजार र १० हजार रुपैया, कप, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।

३ दिन संचालन हुने प्रतियोगिता नेपालगन्ज रंगशालाको कर्भड हलमा आयोजना हुने संघका अध्यक्ष संजय थापाले बताए ।

यस अघि संघले पुसको अन्तिम हप्ता प्रतियोगिताको मिति तय गरेको थियो ।

नोट : प्रतियोगिता हुने मिति फरक परेकोहुंदा सच्याइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ५ : २६ बजे

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक

नेपालगन्जमा लागुऔषध कारोबारे पक्राउ गर्न हवाई फायर, तीन जना पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको

इक्यान रुपन्देहीको पहलमा शैक्षिक परामर्श व्यवसायीलाई अभिमुखिकरण तथा प्रशिक्षण

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा संघमा