२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

श्रीमती मार्ने पूर्व डीआईजीको सजायँ घटाउने सर्वोच्चको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावलोकनमा जाने



काठमाडौं । आफ्नै श्रीमतीलाई टुक्राटुक्रा पारी हत्या गरेको अभियोगमा मुद्दा फैसला भै जेल सजायँ भोगिरहेका पूर्व डीआईजी रन्जन कोइरालाको सजायँ छुट विरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावलोकनमा जाने भएको छ ।

सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइरालालाई सर्वोच्च अदालतले असार १५ गते जेलबाट रिहा गर्न फैसला गरेको थियो । सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय घटाइदिएपछि कोइराला जेलमुक्त भएका हुन्।

उनी साढे ८ वर्षदेखि डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका थिए । कारागार प्रशासनले कोइरालालाई सर्वोच्चको फैसलाबमोजिम बिहीबार जेलमुक्त गरेको छ ।

सो फैसला अनुसार कोइराला जेलमुक्त भैसकेका छन् । तर सर्वोच्चको निर्णयप्रति असन्तुष्ट सरकारले सो फैसला विरुद्ध पुनरावलोकनका लागि अध्ययन सुरु गरेको छ । पुनरावलोकनमा जाने आधारबारे अध्ययन गरिरहेको महान्यायधिवक्ता कार्यालयका सहन्यायधिवक्ता संजीवराज रेग्मीले बताए ।

सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा यसअघि गरेको फैसलाको नजिर र ब्याख्यासँग तालमेल नदेखिएको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनको अध्ययन सुरु गरेको हो ।

पहिलो मुद्दामा फैसला भैसकेकेपछि नयाँ प्रमाण फेला परेमा या सर्वोच्चको पूर्व नजिर र व्याख्यामा फरक परेमा पुनरावलोकन गर्न सकिने आधार रहन्छ । महान्यायाधिवक्ता कार्यालय दोस्रो आधारलाई समातेर पुनरावलोकनको अध्ययनमा लागेको हो ।

श्रीमती हत्या गरेको भन्दै जिल्ला अदालत र पुनरावेदन अदालतले उनीविरुद्ध सर्वस्वसहित कैदको फैसला गरेको थियो ।

तर, गत असार १५ गते प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीस तेजबहादुर केसीको इजलासले उनीविरुद्धको सजाय हाल भुक्तान गरेको समय जतिनै अर्थात साढे ८ वर्ष घटाउने फैसला गरेको थियो।

फैसलामा कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षा र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाईएको उल्लेख छ ।

सर्वोच्चको फैसलामा भनिएको छ “निजको मृत्यु पश्चात नाबालक छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षादीक्षा लगायतका कार्यहरु अभिभावक विहीनताको कारणले अनिश्चय र अन्यौलता हुन गई उनीहरुको हितमा समेत दूरगामाी प्रभाव पर्न जाने कारणले उपरोक्त सजाय गर्दा चर्को पर्न जाने लागेको हुँदा पुनरावेदक प्रतिवादीलाई साबिक मुलुकी ऐन को महल १८८ तथा हालको प्रचलित फौजदारी कसुर ऐन, २०७४ को दफा १७ क बमोजिम ८ बर्ष ६ महिना कैद सजाय गर्ना पनि सजायको मक्सद वपुरा हुने देखिएकाले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ बर्ष ६ महिना कैद हुने ठहर्छ । ”

२०६८ सालमा श्रीमती गीता ढकाललाई टुक्रा पारेर हत्या गरेका कोइरालाले शवलाई बोरामा हालेर मकवानपुरको पालुङमा पुर्याई जलाएका थिए । अर्कै महिलासँग अनैतिक सम्बन्ध गाँसेपछि कोइरालाले श्रीमतीको विभत्स हत्या गरेका थिए ।

बिहीबार जेलमुक्त हुनेबेलामा उनलाई लिनका लागि तिनै महिला जेल परिसमा पुगेकी थिइन । आमाको निर्मम हत्या बाबुबाटै भएपछि मर्माहत भएका छोराछोरी भने बाबुलाई लिन गएनन् ।

कोइरालाले २०६८ पुस २७ गते श्रीमतीको हत्या गरेर मकवानपुरको पालुङमा पु-याई शव जलाएका थिए। माघ ७ गते उनी फेरी शबको अवस्था बुझ्न टिस्टुङ पुगेपछि उनको अपराध पत्ता लागेको थियो। त्यसपछि काठमाडौं फर्किँदै गर्दा नागढुंगामा प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  २ : १२ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत