१० श्रावण २०८३, आइतबार | July 27, 2026

कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन आजबाट बुटवलमा सुरु



बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन बुटवलमा आजबाट सुरु हुने भएको छ । बुटवल रामनगरमा रहेको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्नेगरी तयारी गरिएको कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए । प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने छ ।

सम्मेलनलाई पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य, प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको पुनले जानकारी दिए ।

दुइदिन सम्म चल्ने सम्मेलनमा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनीधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरेर ७ सय ५० बढी सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनको उद्घाटनमा पार्टीका नेता कार्यकर्ता समेत गरी करिब १० हजार नेता कार्यकर्ताको सहभागिता हुने कांग्रेसको दाबी छ ।

उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेद , सागठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुनेछन् ती प्रतिवेदनमाथि प्रतितिधीहरुको छलफलपछि पार्टी आगामी कार्य दिशा तय गर्ने प्रदेश कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : ४३ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले