१ पुस २०८२, मंगलबार | December 16, 2025

३० कम्पनीलाई दूरसञ्चार प्राधिकरणको ताकेता- ७ दिनिभत्र सम्पर्कमा नआए अनुमति खारेज हुने



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा कम्पनीहरुलाई ७ दिन भित्र सम्पर्कमा आउन ताकेता गरेको छ ।

दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमतिपत्र प्राप्त गरेका, तर विगत केही वर्षदेखि नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनुपर्नेमा सो नदिएको भन्दै प्राधिकरणले ३० कम्पनीलाई सम्पर्कमा आउन भनेको हो ।

बक्यौता रकम तिर्नका लागि पटक-पटक सम्पर्क तथा पत्राचार गर्दा पनि कम्पनीहरु सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ ।

७ दिनिभत्र पनि सम्पर्कमा नआए दूरसञ्चार ऐन २०५३ बमोजिम प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेनावनी दिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : ०३ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच