२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेप्सेमा दोहोरो अङ्कको गिरावट



काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अङक्ले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो ।

आज दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ बराबरको कारोबार भएको छ ।

आज जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ५७ र होटल तथा पर्यटन समूह एक दशमलव ७१ प्रतिशतले घटेको छ ।

सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विशालबजार कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेडको रु ३६ करोड २९ लाख ५७ हजार चार सय २४ बराबरको आठ लाख ३१ हजार तीन सय ५० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ४ : ०४ बजे

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ का युवाले आफ्नो गाउँ आफैँ

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका-४ विसौनाकी

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

वालिङ । स्याङ्जाको वालिङ-१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती