४ पुस २०८२, शुक्रबार | December 19, 2025

ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशलाई आग्रह



काठमाडौं । सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि बङ्गालदेशका राजदूत मास्फीबिन्ते साम्सले गरेकोको बिदाइ भेटमा पुनले ऊर्जा क्षेत्रमा बङ्गलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन आग्रह गरेका हुन् ।

मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गरिएकाले लगानी सुरक्षामा ढुक्क रहन आग्रह गरे । नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी भएको स्मरण गर्दै मन्त्री पुनले त्यसलाई दुई देशबीच ऊर्जा व्यापारको कोशेढुङ्गाको संज्ञा दिए ।

नेपाल र बङ्गलादेशबीच २०७५ भदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बङ्गलादेशले नेपालबाट आगामी सन् २०४० भित्र नौ हजार मेगावाट बिजुली खरिद गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

त्यसअघि मन्त्रीपुन र बङ्गलादेशका ऊर्जामन्त्री नसरुल हमिदीबीच ऊर्जा सहकार्य (इनर्जी को–अपरेशन)सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

भेटमा राजदूत साम्सले नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण निर्माणमा मन्त्री पुनको नेतृत्वदायी र निर्णायक भूमिका रहेको भन्दै प्रशंसा गरे । “नेपाल र बङ्गलादेशकाबीचमा ऊर्जा क्षेत्रमा सहकार्यको राम्रो वातावरण बनेको छ”, उनले भने, “तपाईंको कुशल नेतृत्व नभएको भए यो सम्भव थिएन ।”

राजदूत साम्सले कोभिड–१९ महामारीका कारण नेपाल र बङ्गलादेश दुवैले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताउँदै आर्थिक–सामाजिक चूनौतीको मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।

कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण महामारी अन्त्यसँगै सुरु हुने र नेपालको ऊर्जा क्षेत्रमा लगानीको ठोस खाकाबारे वार्ता हुने राजदूत साम्सको भनाइ थियो ।

यस्तै राजदूत साम्सीले मन्त्रीपुनलाई कोभिड–१९ महामारी अन्त्यलगत्तै बङ्गलादेश भ्रमणको निम्तासमेत दिए ।

मन्त्री पुनले बङ्गलादेशका राष्ट्रपति अब्दुलहमिद र समकक्षी (ऊर्जामन्त्री) नसरुल हमिदीलाई नेपाल भ्रमणको निम्ता दिए । राजदूत साम्सी आफ्नो साम्स चारवर्षे कार्यकाल पूरा गरी केही दिनपछि बङ्गलादेश फर्कंदै छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ६ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको