३० श्रावण २०८३, शनिबार | August 15, 2026

‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिन



बागलुङ । नेकपा (एमाले) ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ ।

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बागलुङ आउने र भोलिसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ ।

अध्यक्ष ओली नेतृत्वको केन्द्रीय टोलीलाई स्वागत गर्न गण्डकी र लुम्बिनी प्रदेशको सीमाक्षेत्र बागलुङको पातिहाल्नेमा गण्डकी प्रदेशका एमालेका नेता पुगेका छन् । अध्यक्ष ओलीसहित एक सय ५० नेताको समूहलाई आज पातीहाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ । बुधबार गलकोटसम्म हुने सङ्कल्पयात्रा बिहीबार दिउँसो बागलुङ जिल्ला सदरमुकाममा संवाद कार्यक्रम रुपान्तरण हुने एमाले बागलुङका अध्यक्ष हीराबहादुर केसीले बताए ।

सङ्कल्प यात्रालाई लक्ष्यित गरी पार्टीले १० स्थानीय तहका गाउँ तथा नगर र वडास्तरसम्म भेला आयोजना गरीसकेको छ । यहाँका कार्यक्रम सफल बनाउन पार्टीका सबै जनसङ्गठन परिचालन भएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : ३० बजे

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।