१८ श्रावण २०८३, सोमबार | August 3, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ परेका छन् । विमानस्थलमा रहेको भन्सार कार्यालयले २ जनालाई पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानमार्फत् बिहीबार राति काठमाडौं उत्रिएका गोरखा घर भएका चन्द्र घलेलाई पक्राउ गरिएको थियो । घले ठूलो परिमाणमा सुनसहित नेपाल आउन लागेको भन्ने पूर्व सूचनाका आधारमा भन्सारले निगरानी बढाएको थियो ।

घले बुधबार नै काठमाडौं आउने भन्ने सूचनाका आधारमा निगरानी गरिएको थियो । उनी बुधबार आएनन् । बिहीबारसम्म निगरानी जारी राखिएको अवस्थामा भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो ।

घले पक्राउ परेपछि उनको कल डिटेल लगायतको परीक्षणपछि बिहीबार राति नै थप १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्ने अर्का व्यक्तिमा गोरखा नै घर भएका मिनबहादुर घले छन् ।

चन्द्रले सुनका ७ वटा विस्कुट शरीरमा लुकाइ–छिपाइ ल्याएका थिए । जोख्ने क्रमम उनले ल्याएको सुन १४ किलो देखिएको विमानस्थल भन्सार स्रोतले जानकारी दिएको छ । सुनको शुद्धता लगायत बाँकी परीक्षण भने शुक्रबार हुने बताइएको छ ।

नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले भन्सार कार्याललाई आएको सूचनाका आधारमा भन्सार र प्रहरीले संयुक्त रुपमा निगरानी गर्दा सुन बरामद भएको जानकारी दिए ।

डीआईजी चन्दका अनुसार पक्राउ परेका चन्द्रले मिनबहादुरले सुन मगाएको भनेर बयान दिएका थिए । चन्द्रको बयान र कल डिटेल परीक्षण गर्दा मिनबहादुरको संलग्नता देखिएको डीआईजी चन्द बताउँछन् ।

काठमाडौंको धुम्बाराही बस्दै आएका मिनबहादुरलाई प्रहरीले बिहीबार राति नै पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना अहिले प्रहरी हिरासतमा रहेका बताइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : २१ बजे

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।