४ पुस २०८२, शुक्रबार | December 19, 2025

भेरी अस्पतालमा अख्तियारको छापा, १६ लाख १३ हजार ९७५ रुपैयाँसहित कम्प्युटर अपरेटर पक्राउ



नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल अन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जले भेरी अस्पताल बाँकेका एकजना कर्मचारीलाई पक्राउ गरेको छ ।

भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनालको साथबाट स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँसहित अस्पतालबाट पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जका प्रमुख गणेश गैरेले स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जानकारी दिए । गैरेका अनुसार खनालको कार्यकक्षमा रहेको दराजबाट उक्त रकम बरामद भएको हो ।

विभिन्न फर्म तथा पसलेहरुबाट लिएको कमिसन तथा चेक रकम खनालले आफ्नै कार्यकक्षमा राखेको भन्ने सूचनाको आधारमा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको गैरेले बताए ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार नेपालगञ्जले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ७ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको