११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

भेरी अस्पतालमा अख्तियारको छापा, १६ लाख १३ हजार ९७५ रुपैयाँसहित कम्प्युटर अपरेटर पक्राउ



नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल अन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जले भेरी अस्पताल बाँकेका एकजना कर्मचारीलाई पक्राउ गरेको छ ।

भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनालको साथबाट स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँसहित अस्पतालबाट पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जका प्रमुख गणेश गैरेले स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जानकारी दिए । गैरेका अनुसार खनालको कार्यकक्षमा रहेको दराजबाट उक्त रकम बरामद भएको हो ।

विभिन्न फर्म तथा पसलेहरुबाट लिएको कमिसन तथा चेक रकम खनालले आफ्नै कार्यकक्षमा राखेको भन्ने सूचनाको आधारमा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको गैरेले बताए ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार नेपालगञ्जले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ७ : २७ बजे

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

विचार- बौद्ध सजगता : तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र