२८ असार २०८३, आइतबार | July 12, 2026

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ



काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत एक शिक्षा अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार उनी सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत छन्।

प्रहरीका अनुसार केही दिनअघि ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित सार्वजनिक सडकमा हिँडिरहेकी एक महिलासामु उनले आफ्नो गोप्य अंग प्रदर्शन गरेको आरोप लागेको हो।

घटनापछि पीडित महिलाले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। भिडियो सार्वजनिक भएपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले अनुसन्धान अघि बढाएर भट्टलाई पक्राउ गरेको हो।

हाल उनलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी सार्वजनिक शिष्टाचारविरुद्धको कसुर तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : ३९ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास