१० भदौ २०८३, बुधबार | August 27, 2026

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ



बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका सिक्री लूटपाट गर्ने समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक स्थानमा सुनको सिक्रि लूटपाटमा संलग्न मध्य ५ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

गत असार १७ गते रुपन्देही गैडहवा गाउँपालिका वडा नं.६ स्थित सुर्यपुरा हाटबजारमा भिडभाडको मौका पारी घाटीमा लगाएको गणेश भगवानको लकेट सहितको सुनको सिक्री लूटपाट गरी भाग्ने क्रममा जिल्ला बारा बारागढी गाउँपालिका वडा नं. ३ शिवपुरा बस्ने २५ वर्षिय विकाश रायलाई इलाका प्रहरी कार्यालय सुर्यपुरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रायको साथबाट लूटपाट भएको १० ग्राम ८३० मिलीग्राम तौल सुनको सिक्री बरामद गरि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णबहादुर चन्दले बताए ।

त्यसैगरि गत असार १० गते रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ४ ड्राईभरटोलस्थित चाँदनीमार्गमा बाटोमा हिड्ने क्रममा मोटरसाईकलमा आएका अपरिचित ब्यक्तिहरुले सुनको सिक्री लूटपाट गरेको घटनाको अनुसन्धानको क्रममा रुपन्देही जिल्ला स्थित बिभिन्न स्थानहरुबाट ४ जना भारतीय र १ जना नेपालीलाई पक्राउ गरिएको डीएसपी चन्दले बताए । लूटपाट भएको सुनका सिक्री सहित पक्राउ पर्नेहरुमा भारत देश गोरखपुर बस्ने ३२ वर्षिय राहुल जयसवाल, भारत महाराजगन्जजका २२ वर्षिय प्रिन्स जयसवाल, भारत बिहारका ३० वर्षिय नितेश कुमार गुप्ता तथा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का ३२ वर्षिय प्रदिप कान्दु रहेका छन् ।

उनीहरुबाट २.९९ लाल ७ पोईन्ट तौल भएको सुनको सिक्री १ थान, ९० लाल ७ पोइन्ट तौल भएको सुनको सिक्री १ थान साथै उनीहरुले लूटपाटमा प्रयोग गर्दै आएका लु ६५ प २९३१ नं को मोटरसाईकल १ थान बरामद गरि इलाका प्रहरी कार्यालय बुटवलबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १२ : ०४ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट