५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ



बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका सिक्री लूटपाट गर्ने समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक स्थानमा सुनको सिक्रि लूटपाटमा संलग्न मध्य ५ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

गत असार १७ गते रुपन्देही गैडहवा गाउँपालिका वडा नं.६ स्थित सुर्यपुरा हाटबजारमा भिडभाडको मौका पारी घाटीमा लगाएको गणेश भगवानको लकेट सहितको सुनको सिक्री लूटपाट गरी भाग्ने क्रममा जिल्ला बारा बारागढी गाउँपालिका वडा नं. ३ शिवपुरा बस्ने २५ वर्षिय विकाश रायलाई इलाका प्रहरी कार्यालय सुर्यपुरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रायको साथबाट लूटपाट भएको १० ग्राम ८३० मिलीग्राम तौल सुनको सिक्री बरामद गरि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णबहादुर चन्दले बताए ।

त्यसैगरि गत असार १० गते रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ४ ड्राईभरटोलस्थित चाँदनीमार्गमा बाटोमा हिड्ने क्रममा मोटरसाईकलमा आएका अपरिचित ब्यक्तिहरुले सुनको सिक्री लूटपाट गरेको घटनाको अनुसन्धानको क्रममा रुपन्देही जिल्ला स्थित बिभिन्न स्थानहरुबाट ४ जना भारतीय र १ जना नेपालीलाई पक्राउ गरिएको डीएसपी चन्दले बताए । लूटपाट भएको सुनका सिक्री सहित पक्राउ पर्नेहरुमा भारत देश गोरखपुर बस्ने ३२ वर्षिय राहुल जयसवाल, भारत महाराजगन्जजका २२ वर्षिय प्रिन्स जयसवाल, भारत बिहारका ३० वर्षिय नितेश कुमार गुप्ता तथा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का ३२ वर्षिय प्रदिप कान्दु रहेका छन् ।

उनीहरुबाट २.९९ लाल ७ पोईन्ट तौल भएको सुनको सिक्री १ थान, ९० लाल ७ पोइन्ट तौल भएको सुनको सिक्री १ थान साथै उनीहरुले लूटपाटमा प्रयोग गर्दै आएका लु ६५ प २९३१ नं को मोटरसाईकल १ थान बरामद गरि इलाका प्रहरी कार्यालय बुटवलबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १२ : ०४ बजे

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा