६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले गरिहेको प्रयत्न र परिणाम अपूर्ण रहेको स्वीकार गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा शनिबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले गरिहेको प्रयत्न र परिणाम अपूर्ण रहेको स्वीकार गरेका हुन् ।

भ्रष्टाचारका कारणहरूको पहिचान गर्न तथा त्यसको निवारणका निम्ति राज्यका सबै संयन्त्रहरू परिचाति रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसको सकारात्मक परिणामसमेत हासिल भएको दाबी गरे । ‘सरकारले चालेको कदमबाट आम नागरिकमा क्रमशः आशाको सञ्चार हुँदै गएको छ । यद्यपि, यो प्रयत्न र परिणाम पूर्ण छैन,’ उनले भने, ‘आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु छ । यसका निम्ति सरकार दृढतापूर्वक अगाडि बढिरहेको तथ्यसमेत म स्पष्ट गर्दछु ।’ उनले भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने पनि बताए ।

सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य तथा सहयोगमा भ्रष्टाचारलाई निवारण गर्ने कार्यमा सरकार प्रयत्नशील रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको बताए ।

उनले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिए । गैरकानुनी ढंगबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गर्ने तयारी भइरहेको पनि उनले बताए ।

सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको प्रचण्डले बताए । उनले भ्रष्टाचारको प्रकृतिमा प्रविधिको विकाससँगै जटिलता उत्पन्न हुँदै गएका कारण राज्य चनाखो हुनुपर्ने भन्दै प्रधानमन्त्रीले भने, ‘यसैले भ्रष्टाचार नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने कार्यमा राज्यका सबै जिम्मेवार संयन्त्र, निकाय र पदाधिकारीले गम्भीरतापूर्वक आफ्ना कानुनी दायित्वलाई अझ बढी जिम्मेवारीका साथ निर्वाह गर्ने प्रतिवद्धता जरूरी छ ।’

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ११ : ०२ बजे

सरकार जवाफदेही नभएसम्म विरोध जारी रहन्छ : हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको

श्रम संस्कृति पार्टीद्वारा सदनमा पुनः पर्चासहित प्रदर्शन, सभामुखद्वारा चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीले बुधबार पनि प्रतिनिधिसभा बैठकमा विरोध

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

दैलेख । यहाँको भैरवी गाउँ-१ स्थित जलजले क्षेत्रमा जमिनमुनि ठूलो

न्यायाधीश मल्ल २० दिन बिदामा

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २०