३० श्रावण २०८३, शनिबार | August 15, 2026

मानवअधिकारको विश्वव्यापी घोषणापत्र कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पछिल्ला वर्षमा मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित वाचा, प्रतिज्ञा, प्रतिबद्धता, मर्यादा र अधिकारमाथि निरन्तर प्रहार भइरहेको बताएका छन ।

पचहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज शुभकामना दिँदै उनले घोषणापत्रमा निहित मूल्य र अधिकारलाई सामूहिक कार्यका लागि दिशानिर्देश गर्ने सूत्रका रुपमा अङ्गीकार गर्न झनै आवश्यक रहेको बताएका छन ।

महामारी, द्वन्द्व, बढ्दो असमानता, नैतिक रुपमा सङ्कटग्रस्त वित्तीय प्रणाली, जातिवाद, जलवायु परिवर्तन आदिले सिङ्गो विश्वलाई नराम्ररी गाँजिरहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले मानवअधिकारको प्रत्याभूतिका लागि विश्वव्यापी घोषणापत्रको कार्यान्वयनमा थप क्रियाशील र ऐक्यबद्ध भई अघि बढ्नुपर्ने बताए ।

नेपाल मानवअधिकार र सामाजिक न्यायको प्रत्याभूतिमा क्रियाशील रहेको उल्लेख गर्दै उनले मुलुकमा विद्यमान सबैखाले अराजकता, असमझदारी, विकृति, विसंगति अन्त्यका लागि सम्पूर्ण देशवासी एकजुट अघि बढ्नुपर्ने बताए । नेपालका केही क्षेत्र, भूगोल, वर्ग, समुदायलगायतले अझै पनि आफूको अधिकारको संरक्षण हुन नसकेको गुनासो गरिरहेको सन्दर्भमा त्यसको पहिचान गर्नु अहिलेको मुख्य दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा प्रत्येक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै आइएको छ । उपराष्ट्रपति यादवले नेपाल मानवअधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि र सम्झौताको पक्ष राष्ट्र पनि भएको उल्लेख गर्दै देशमा भइरहेको मानवअधिकारको संरक्षण कार्य प्रशंसनीय रहेको बताए ।

सबैको अधिकार क्षेत्रलाई थप फराकिलो बनाउनसके मुलुकको समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले नेपालको संविधानले मार्गदर्शन गरेका अधिकारको पूर्ण कार्यान्वयनमा अग्रसर हुन यस दिवसले उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : १७ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर