६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

चितवनमा बोलेरोको ठक्करबाट शिक्षक र लेखापालको मृत्यु



भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार साँझ माडी नगरपालिका-१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो ।

अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन । तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत छन । बेलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतक अधिकारी माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका-३ आग्रीगाउँ निवासी हुन । दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको उनले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : ५५ बजे

सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

काठमाडौं । विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण

हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगायो

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँमा गएराति खसेको पहिरोले

नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

काठमाडौं । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको

झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती

स्याङ्जा । स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै

मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे