६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

नेपालबाट बर्सेनि ३ करोड क्यूबिक फिट काठ विदेश निर्यात हुनसक्ने



काठमाडौं। व्यापार घाटा चर्को भइरहेको बेला नेपालबाट बर्सेनि ३ करोड क्यूबिक फिट काठ विदेश निर्यात हुनसक्ने बताइएको छ ।

नेपालका जंगलबाट वार्षिक रुपमा ९ करोड क्यूबिक फिट काठ निकाल्न सकिने र नेपालको कूल बजार माग जम्मा ६ करोड क्यूबिक फिट रहेको बताइएको छ । यसअनुसार नेपालले बर्सेनि ३ करोड क्यूबिक फिट काठ विदेश निर्यात गरेर विदेशी मुद्रासमेत आर्जन गर्न सकिने बताइएको हो ।

नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका अध्यक्ष मञ्जिलबाबु मास्केले नेपालका वनजंगलबाट बर्सेनि नेपालको बजार मागभन्दा धेरै काठ निकाल्न सकिने बताए । तर नेपाल काठमा पनि परनिर्भर नै रहेको उनले बताए ।

महासंघका महासचिव माधवमणि हुमागाई सरकारको अत्यधिक संरक्षणको नीतिका कारण वनजन्य वस्तुको उपभोगमा समस्या आइरहेको बताए । यही कारण वर्षेनी अर्बौँ रुपैयाँको आयात बढिरहेको उनी बताउँछन् ।

यही कारण हाल नेपालमा अमेरिका, युरोप र अफ्रिकाबाट समेत काठ आइरहेको वक्ताहरुले बताए । जबकि, नेपालका वनजंगलमा वर्षेनी खर्बौँ रुपैयाँ खेर गइरहेको छ । सरकारले वनजंगलको संरक्षण गर्न कडा नीति अवलम्बन गर्दा बर्सेनि अर्बौँ रुपैयाँ बराबरका वन पैदावारजन्य वस्तुको आयात भइरहेको उनीहरुको भनाई थियो ।

विदेशबाट वार्षिक १८ अर्ब रुपैयाँभन्दा बढीको काठ आयात भइरहेको तथ्यांक छ । यस्तै, करोडौँ रुपैयाँको तयारी फर्निचर, जडीबुटीजन्य वस्तु लगायतका सामग्री आयात भइरहेका छन् । अत्यधिक संरक्षणका कारण स्वदेशी वनजंगलमा भने वार्षिक खर्बौँ रुपैयाँको स्रोतसाधन खेर गइरहेका छन् ।

वन तथा वातावरण मन्त्रालयको एक अध्ययनअनुसार वन क्षेत्रले नेपालको कूल भूभागको ४१.९ प्रतिशत क्षेत्रफल ओगटेको छ । यस्तै, ४ प्रतिशत भूभाग बुट्यान क्षेत्रले गरी कल ४५ प्रतिशत भूभाग वन तथा बुट्यान क्षेत्रले ढाकिएको तथ्यांक छ । यसबाट नेपालले बर्सेनि प्रचुर फाइदा उठाउन सक्छ तर फाइदा उठाउन सकिरहेको छैन । विदेशबाट कच्चा काठ आयातमा नै १८ अर्ब रुपैयाँभन्दा बढी रकम वार्षिकरुपमा बाहिरिने गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ४ : ५८ बजे

सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक

नेरामाविले भन्यो विद्यालयका हिसावकिताव पारदर्शी छ

खजुरा । बाँकेको खजुरा स्थित नेरामाबिले बिद्यालयका विषयमा सामाजिक सञ्जालमा

अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रका सुझाव

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला

बुद्धएयरको नेपालगन्ज पोखरा उडान स्थगन

नेपालगन्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगन्ज