३ पुस २०८२, बिहिबार | December 18, 2025

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु



पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल रहेका छन् ।

पृथ्वीराजमार्गस्थित पोखरा—२६ सुन्दरीबजारमा पोखराबाट तालचोकतर्फ जाँदै गरेका बी एए ००४१ नंको निजी कारले विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५७८ नंको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

प्रहरीले कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : ४१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका