१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो



काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् ।

बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्ने गर्छन् ।

बत्ती बाल्न बस्ने ठाउँ रोक्न आइतबार बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ९ : ३८ बजे

जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री

देवदह । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर एकका उम्मेदवार हिराबहादुर

सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात

बुटवल । युवा खेलाडीलाई प्लेटफर्म दिने गरि रुपन्देहीमा शुरु भएको

नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

बुटवल । नेकपा(माओवादी) रुपन्देहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कृषि क्रान्तिबाट अर्थतन्त्र सुधार सम्भव : रुपन्देही-२ मा काँग्रेस उम्मेदवार पौडेल

बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय