९ चैत्र २०८२, सोमबार | March 23, 2026

बयस्क रुख काट्ने विद्युत प्राधिकरणविरुद्ध अपराधिक उपद्रवको मुद्दा



नेपालगन्ज । विद्युत प्राधिकरण नेपालगन्जका कर्मचारीले सडकमा हुर्केका विरुवा समन्वयबिना काटेपछि नेपालगन्ज उपमहानगरपालिकाले प्राधिकरण विरुद्ध अपराधिक उपद्रवको मुद्दामा जाहेरी दिएको छ ।

स्थानीय सरकारसँग समन्वय नै नगरी जिल्ला अदालत अगाडिका १६ वटा बयस्क रुख काटिएपछि उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय, बाँकेमा अपराधिक उपद्रवको ठाडो जाहेरी दिएको छ भने वन कार्यालयमा पनि वन ऐन अनुसारको उजुरी दर्ता गराएको छ ।

विद्युत कार्यालयले तार व्यवस्थापनको नाममा नेपालगन्ज उपमहानगरपालिकाले हुर्काएका रुख ठुटै हुने गरी काटेपछि नगर प्रमुख प्रशान्त विष्ट आक्रोशित हुँदै विद्युत कर्मचारीविरुद्ध कारबाही प्रक्रियामा गएका हुन् । सार्वजनिक सम्पति तोडफोड र तहसनहस गरिएको विषय भएकाले अपराधिक उपद्रवमा जाहेरी दिएको नगर प्रमुख विष्टले बताए ।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले नेपालगन्ज उपमहानगरपालिकाले जाहेरी आएको बताउँदै त्यसबारेमा अनुसन्धान गरिने बताए ।

विद्युत कर्मचारीले शनिबार अपरान्ह जिल्ला अदालत अगाडिका १६ वटा रुख ठुटै बनाएर काटेका थिए । रुख काटिएको थाहा पाउने वित्तिकै मेयर विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल घटनास्थलमा पुगेका थिए । नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइएका बयस्क रुख काटिएपछि प्राधिकरणको चौतर्फी विरोध भएको छ । विद्युतले तारमा छुन थालेको हाँगा छाँट्नु पर्नेमा रुख ठुटै हुने गरी काटिदिएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १ : ०३ बजे

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले

सुनको मूल्य लगातार घट्दो, सोमबार प्रतितोला ६ हजार ५०० रुपैयाँले कमी

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड