५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

बयस्क रुख काट्ने विद्युत प्राधिकरणविरुद्ध अपराधिक उपद्रवको मुद्दा



नेपालगन्ज । विद्युत प्राधिकरण नेपालगन्जका कर्मचारीले सडकमा हुर्केका विरुवा समन्वयबिना काटेपछि नेपालगन्ज उपमहानगरपालिकाले प्राधिकरण विरुद्ध अपराधिक उपद्रवको मुद्दामा जाहेरी दिएको छ ।

स्थानीय सरकारसँग समन्वय नै नगरी जिल्ला अदालत अगाडिका १६ वटा बयस्क रुख काटिएपछि उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय, बाँकेमा अपराधिक उपद्रवको ठाडो जाहेरी दिएको छ भने वन कार्यालयमा पनि वन ऐन अनुसारको उजुरी दर्ता गराएको छ ।

विद्युत कार्यालयले तार व्यवस्थापनको नाममा नेपालगन्ज उपमहानगरपालिकाले हुर्काएका रुख ठुटै हुने गरी काटेपछि नगर प्रमुख प्रशान्त विष्ट आक्रोशित हुँदै विद्युत कर्मचारीविरुद्ध कारबाही प्रक्रियामा गएका हुन् । सार्वजनिक सम्पति तोडफोड र तहसनहस गरिएको विषय भएकाले अपराधिक उपद्रवमा जाहेरी दिएको नगर प्रमुख विष्टले बताए ।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले नेपालगन्ज उपमहानगरपालिकाले जाहेरी आएको बताउँदै त्यसबारेमा अनुसन्धान गरिने बताए ।

विद्युत कर्मचारीले शनिबार अपरान्ह जिल्ला अदालत अगाडिका १६ वटा रुख ठुटै बनाएर काटेका थिए । रुख काटिएको थाहा पाउने वित्तिकै मेयर विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल घटनास्थलमा पुगेका थिए । नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइएका बयस्क रुख काटिएपछि प्राधिकरणको चौतर्फी विरोध भएको छ । विद्युतले तारमा छुन थालेको हाँगा छाँट्नु पर्नेमा रुख ठुटै हुने गरी काटिदिएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १ : ०३ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन