२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अमेरिका विरुद्ध चीनको ‘टिट फर ट्याट’ प्रतिक्रिया; छेन्दुको कन्सुलेट कार्यालय बन्द गर्न निर्देशन



काठमाडौं । चीन र अमेरिकाबीचको तनाबपूर्ण सम्बन्ध दिनप्रतिदिन बढ्दैछ ।

अमेरिकाले होस्टनस्थित चिनियाँ कन्सुलेट कार्यालय ७२ घण्टाभित्र बन्द गर्न दिएको निर्देशन विरुद्ध चीनले जस्तालाई तस्तै रणनीति अख्तियार गरेको छ ।

चीनको दक्षिणपश्चिम प्रान्त सिचुवानको राजधानी छेन्दुमा रहेको अमेरिकी कन्सुलेट कार्यालय बन्द गर्न चीनले आदेश दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले शुक्रबार बिहान छेन्दुको कन्सुलेट कार्यालय बन्द गर्न र सबै गतिविधि रोक्न निर्देशन दिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

अमेरिकाले विश्वव्यापी कुटनीतिक मान्यता विपरित शत्रुतापूर्ण व्यवहार गर्दै होस्टनको कन्सुलेट  कार्यालय बन्द गर्न दिएको आदेशविरुद्ध चीनको यो प्रतिक्रिया अपेक्षित थियो । अमेरिकी कदमले अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतालाई उल्लंघन गरेको चीनले आरोप लगाएको छ।

“चीनले लिएको उपाय अमेरिकाले गरेको नाजायज कार्यलाई वैधानिक र आवश्यक जवाफ हो। यो अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता र परम्परागत कुटनीतिक अभ्यासको अनुरूप छ, ”एक मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

चीन(अमेरिका सम्बन्धको वर्तमान अवस्था चीनले हेर्न चाहेको होइन । यसको सम्पर्ण जिम्मेवार अमेरिका हो । हामी एक पटक फेरि अमेरिकालाई आफ्नो गलत निर्णय तुरुन्त फिर्ता लिन र द्विपक्षीय सम्बन्धलाई ट्र्याकमा ल्याउन आवश्यक अवस्था सिर्जना गर्न आग्रह गर्दछौं। ” चिनियाँ विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । चीनले अमेरिकासँग उत्तेजक कदम सच्चाउन समेत आग्रह गरेको छ ।

अमेरिकामा रहेका चिनियाँ कुटनीतिज्ञहरुमाथि अमेरिकाबाट दूव्यर्ववहार र भौतिक आक्रमणका घटना हालैका दिनमा बढेको भन्दै चीनले आपत्ति प्रकट गर्दैआएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ११ : ४८ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार