९ चैत्र २०८२, सोमबार | March 23, 2026

संगीत सुन्दै शौच गर्नमिल्ने नेपालगन्जको बहुचर्चित डिजिटल शौचालय उपयोग बिना भत्काइयो



नेपालगन्ज । मालपाएर चाल नपाएपछि नेपालगन्जमा बनेको बहुचर्चित डिजिटल शौचालय सञ्चालन नै नगरि भत्काइएको छ । नेदरल्याण्ड्स विकास कोषको लगानीमा ४६ लाख ३६ हजारमा चारवर्ष अघि नेपालन्जको धम्बोझीचोकमा बनाइएको डिजिटल शौचालय एकपटक पनि प्रयोगमा नल्याई भत्काइएको छ ।

नमुना शौचालयकारुपमा धम्बोझी चोकमा राखिएको शौचालयलाई मर्मत सम्भार गरेर संचालन गर्न छाडेर ४ वर्ष बन्द गरेर अन्तमा भत्काइएको छ । उपमहानगरले डिजिटल प्रबिधिलाई सुचारु गर्न नसकेपछि भत्काउने निर्णयमा पुगेको हो । दक्ष जनशक्ति राखेर संचालन गर्नुभन्दा भत्काउन सहज हुने भएपछि उपमहानगर भत्काउने निर्णयमा पुगेको एक स्थानीयले बताए ।

शौचालयमा स्वचालित डिजिटल प्रविधि जडान गरिएकोमा लामो समय संचालन नहुँदा सामानमा खिया लागेको थियो । संचालनमा नै नल्याई शौचालयलाई जिर्ण अवस्थाको खण्डहर बनाएपछि उपमहानगर नेतृत्वको सर्वसाधारणले आलोचना गरेका थिए ।

नेपालगन्जमा निर्माण गर्दा डिजिटल शौचालयको फरक बिशेषताका कारण चर्चामा रहेको थियो । जमीनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त थियो भने शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिन्थ्यो । डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिएको र अपाङ्गता तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिले शौच गर्न सक्ने गरि बनाइएको थियो ।

पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका नखुल्ने सेन्सर जडान गरिएको थियो। शौचालय प्रयोगमा आए÷नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्थ्यो भने शौच गर्दा स्वचालितरूपमा सङ्गीत बज्ने र जो–कोहीले सङ्गीत सुन्दै शौच गर्न सक्ने बताइएको थियो ।

स्वचालित प्रबिधिबाट हात थापेकैभरमा तरल साबुन र पानी झर्ने ब्यवस्था गरिएको थियो भने संगीत सुन्दै शौच गर्न पाइने भन्दै तत्कालिन उपमहानगर प्रमुख धवलशम्सेर राणाले शौचालयको बखान समेत गरेका थिए ।

नेपालगन्जको केन्द्र धम्बोझीचोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा राखिएको डिजिटल शौचालय बनाइएको थियो । एकैपटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधिसहितको शौचालय अहिले सदुपयोग नभई भत्काइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले डिजिटल शौचालय भत्काएर अब सामान्य शौचालय बनाउन लागिएको जानकारी दिए । उनले प्रबिधिको शौचालय प्रयोगमा जटिलता उत्पन्न भएको र डिजिटल प्रविधिमा आउने समस्याले हैरान भएपछि अब सामान्य खाले शौचालयमा यसलाई परिवर्तन गर्ने निष्कर्षमा उपमहानगरपालिका पुगेको बताए ।

२०७६ माघ ६ गते स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तर्गत ४६ लाख ३६ हजार रुपैयाँ लागतमा स्वचालित शौचालय निर्माण गरिएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  २ : ५६ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल