९ चैत्र २०८२, सोमबार | March 23, 2026

विमानस्थल नियमित बनाउन सिद्धार्थ सन्जालको आन्दोलनमा रुपन्देही उद्योग संघको ऐक्यवद्धता



बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भइरहेको धर्ना तथा विरोध प्रदर्शनप्रति रुपन्देही उद्योग संघ बुटवल, रुपन्देहीले ऐक्यवद्धता जनाएको छ ।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुनुपर्ने माग राख्दै माग राख्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीको नेतृत्वमा भैरहवामा दबाबमूलक कार्यक्रम गर्दै आइरहेको छ । जसअन्तर्गत आइतबारदेखि विमानस्थल प्रवेशद्वार अगाडि धर्ना सुरु भएको छ ।

धर्ना कार्यक्रममा बुधबार रुपन्देही उद्योग संघको टीम सहभागी भइ आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । धर्ना कार्यक्रममा बोल्दै संघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीले सरकारको अरबौं लगानी भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भनेर निजी क्षेत्रले माग राख्नुपरेको बताए । उनले सबै कुरा प्राप्त गर्न आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । उनले भने, गौतमबुद्ध विमानस्थल नेपालकै र लुम्बिनी प्रदेशको गौरव हो । यस्तो महत्वपूर्ण आया्ेजनालाई अन्यौलमा राखिनुहँदैन, महाकालीको नागरिकलाई पनि यही विमानस्थलबाट जान-आउन सहज हुन्छ ।’ राज्यले आफै भनेको कुरा लागू नगर्ने परिपाटीले सबैलाई समस्या रहेको उनको भनाइ छ ।

‘एअरपोर्ट चलाउन पाइँदैन भनेर विरोध गरेका होइनौ ऋण लिएर बनाएको एअरपोर्ट चलाउनुपर्छ भनेर कराउनुपरेको छ । अब सशक्त आन्दोलन गर्नुपर्छ, ’उनले भने । आन्दोलनमा रुपन्देही उद्योगसंघसहित बुटवलका संघ संस्थाहरुको साथ र सहयोग रहने पराजुलीले बताए ।

संघका पूर्वअध्यक्ष बाबुराम बोहोराले सरकार सञ्चालन गर्ने निकायमा बस्ने व्यक्तिहरुको कमजोरी र लाचारीपनका कारण विमानस्थल सञ्चालन हुन नसकेको बताए । उनले सबै कुरा राज्य सञ्चालन गर्ने व्यक्तिहरुको हातमा रहेको बताए । पूर्वअध्यक्ष बोहोराले विमानस्थल सञ्चालनका लागि भिषा सेन्टर, श्रम स्वीकृति लगायतका संरचना बनाउन आग्रह गरे ।

उनले सिद्धार्थ सञ्जाल, रुपन्देहीले नेतृत्व गरेको आन्दोलनमा सम्पूर्ण नागरिक सडकमा उत्रिनुपर्ने बताए । उनले भने, ‘यो आन्दोलन लामो हुने वाला छ । आवश्यक परे उद्योगीसँगै उद्योगमा कार्यरत मजदूरहरुको पनि आन्दोलनमा सहभागिता हुन्छ ।’ रुपन्देही उद्योग संघको धर्ना कार्यक्रममा महासचिव हिरामणी भट्टराई, कोषध्यक्ष युवराज आचार्य,महिला सचिव मन्जु भुसाल, सहकोषध्यक्ष विशाल वेल्वासे, सचिवालय सदस्य राजुत घिमिरे, कार्यसमिति सदस्यहरु माधव नेपाल, मिना थापा, कृष्णप्रसाद पोखरेल, दिलु शाही सहभागी रहेको थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य हेमा वेल्वासेले सन्जालको आन्दोलनमा रुपन्देही उद्योग संघले दिएको ऐक्यवद्धतालाई धन्यवाद दिँदै आफूहरुले निरन्तर साथ दिएको बताइन् । उनले प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेसहित आफूहरु सन्जालको साथमा रहेको र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि ऐक्यवद्धता जनाएकाले प्रदेश सरकारको साथ रहेको बताउँदै अब यो सबैको सामुहिक आन्दोलन भएको जनाइन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : ४६ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल