१४ चैत्र २०८२, शनिबार | March 28, 2026

आमा सम्झँदै जव बग्यो धुरुधुरु आँसु …..(फोटोफिचर)



नेपालगन्ज । आमाको बात्सल्य प्रेम र उनै आमा छोरा बुहारीको अवहेलनापछि बृद्धाश्रममा पुग्नु परेको ब्यथालाई जव शब्दमा वर्णन गरियो, तव श्रवण गर्न कार्यक्रममा पुगेका सबै भक्कानिए । वरपर बसेकाहरुसँग आँसु लुकाउने अनेकन प्रयास गरेपनि सहभागगीहरुको आँसु नथामिएपछि सिङ्गो हल भावुक बन्न पुग्यो । सबैका गला अवरुद्ध बने, सबैका आँखा आँसुले भरिए ।

यो शब्द दृष्य मानव सेवा आश्रम नेपालगन्ज शाखाले बुधबार गरेको ‘आमा सेमिनार’ को हो । मानव सेवा आश्रमको मानवता प्रवद्र्धन कार्यक्रम अन्तरगत बुधबार दिउँसो ३ बजेदेखी बेलुकी करिव साढें ६ बजेसम्म स्थानीय क्युएफएक्स बागेश्वरी सिनेमा हलमा चलेको आमा सेमिनारमा सहभागी अधिकांस कार्यक्रम सकेर निस्कंला आँखा राता राता देखिएका थिए ।

मानव सेवा आश्रमका परिकल्पनाकार एवम् संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले छोरा, बुहारीबाट अपहेलित भएका कयौं आमा र बुवाका दुःख, बेदना, बुवा आमाले सानो छँदा लालन पालनमा गरेको त्याग र समर्पणको कथा सुनाउँदा हलमा उपस्थित भएका प्राय कसैले अँसु थाम्न सकेनन् ।

आमा के हो र आमाको माया कस्तो हुन्छ ? अधिकारीले सुस्तरि बेलिबिस्तार लगाए । देशैभर आश्रयबिहिनको आश्रय बनेको आश्रमका परिकल्पनाकार अधिकारी आफैले सन्तानले आफ्ना आमा र बुवाप्रति सच्चा मनले माया गर्ने हो भने मुलुकमा आश्रमको आवश्यक नपर्ने बताउँदै थिए ।

परिवारबाट अपहेलित हुनुपर्दा अहिले कतिपय बुवाआमा सडक पेटीमा पुग्नुपरेको, घरभित्रै खुम्चिएर बस्नु परेको र कतिपयले आत्महत्याको प्रयास समेत गरेको सत्य घटनाहरु अधिकारीले सुनाए । आमा बुवा प्रतिको स्नेह र सम्मानको महत्व दर्शाउन सेमिनार गरिएको पनि उनले बताए ।

आमा सेमिनारमा प्रमुख अतिथी बनेर उपस्थित भएका लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री भण्डारीलाल यादवले मानवताको सेवा नै धर्म भएको बताए । उनले मान्छेले आफ्नो सच्चा मनबाट मानवलाई सेवा गरेपछि धर्म कमाइने उल्लेख गरे ।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफुलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन जनमा, मन मनमा पुर्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको आश्रमले जनाएको छ । देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पना गरी सेवा गरिरहेको आश्रमले उक्त सेमिनार बाँके जिल्लालाई केन्द्र बनाई जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला, नागरिक समाजका अगुवा, शिक्षक, बिद्यार्थी, लगायतलाई लक्षित गर्दै आयोजना गरिएको थियो ।

आयोजकका अनुसार आमा सेमिनारलाई ४ सय बढीले अवलोकन र श्रवण गरेका छन् । मानवता अध्ययन केन्द्रको व्यवस्थापनमा उक्त सेमिनार निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । नेपालगन्जको कार्यक्रम उत्साहजनक भएको आश्रमकी केन्द्रीय महासचिव सुशिला केसी रुपाले बताइन् ।

महासचिव केसीका अनुसार आश्रमको केन्द्रीय कार्यक्रम अन्तरगत यसवर्ष ४५ स्थानमा आमा सेमिनार गर्ने योजना अनुरुप यसअघि पर्सा, लमजुङ, हेटौंडा, दाङ लगायतका स्थानमा कार्यक्रम गरिसकेको थियो । आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । आश्रमको आफ्नै भवन निर्माण गर्नका लागि नेपालगन्जका वरिष्ठ समाजसेवी एवम् दानवीर जयकेश सिंहले आफ्नो १० कठ्ठा जमिन आश्रमलाई प्रदान गरेका छन् ।


फोटोः रामजी अधिकारीको फेसबुकबाट

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  १२ : १४ बजे

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह