२९ भदौ २०८३, सोमबार | September 14, 2026

नयाँ स्वरूपमा क्लब विश्वकप आयोजना गर्ने फिफाको निर्णय



काठमाडौं। फुटबलको सर्वोच्च निकाय फिफाले क्लब विश्वकपको स्वरूप परिवर्तन गर्दै नयाँ तरिकाले आयोजना गर्ने घोषणा गरेको छ ।

यस अघि ६ कन्फेडेरेसनका च्याम्पियन्स लिग विजेताले भाग लिदै आएकोमा अब भने नयाँ स्वरूपमा क्लब विश्वकप संचालन हुने भएको हो ।

फिफाको काउन्सिल बैठकले २०२५ को जुन १५ देखि जुलाई १३ सम्म फिफा क्लब विश्वकपको आयोजना गर्ने निर्णय गरेको हो । यो क्लब विश्वकप अमेरिकामा आयोजना गरिने भएको छ ।

त्यसैगरी विश्वकपमा छनौट हुने मापदण्ड पनि फिफाले बनाएको छ । क्लब विश्वकपमा ६ वटै कन्फेडेरेसनका क्लबहरु प्रदर्शन र वरियताको आधारमा छनौट हुने भएका छन् । क्लब विश्वकपमा आयोजक देशको एक क्लबसहित ३२ क्लबले भाग लिने छन् ।

जसमा अफ्रिकाबाट चार क्लब, एशियाबाट चार क्लब, युरोपबाट १२ क्लब, उत्तर अमेरिका तथा क्यारेबियनबाट चार क्लब, ओसियानाबाट एक क्लब, दक्षिण अमेरिकाबाट चार क्लबले भाग लिने छन् । साथै एक क्लब आयोजक देशको हुने र त्यसको छनौट प्रक्रिया पछि सार्बजनिक गरिने फिफाले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १० : ३९ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ