काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज (बुधबार) बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार बुधबार राति पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
मौसम सामान्यतया सफा रहे पनि देशभर तापक्रम भने घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ । सबै ठाउँमा चिसो बढ्ने भएका कारण आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



















प्रतिक्रिया