२२ भदौ २०८३, सोमबार | September 7, 2026

एनिमल : अष्ट्रेलिया र क्यानडामा धेरै कमाइ गर्ने पहिलो हिन्दी फिल्म



मुम्बइ । बलिउडको एक्शन थ्रिलर फिल्म एनिमलको क्रेज अन्त्य हुन सकेको छैन । सन्दीप रेड्डीको निर्देशनमा बनेको यो फिल्मले भारतमा मात्रै होइन देशबाहिर पनि हलचल मचाएको छ । अब यसले नयाँ नयाँ रेकर्ड बनाएको छ ।

एनिमल फिल्मले अस्ट्रेलिया र क्यानडामा हालसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र बनेको एनिमल फिल्मले सामाजिक सञ्जालमा जानकारी दिएको छ । यसअघि यो स्थिति शाहरुख खानको फिल्म पठानको नाममा थियो ।

एक रिपोर्ट अनुसार, एनिमल फिल्मले अष्ट्रेलियामा लगभग ४७ लाख ५० हजार डलर र क्यानडामा लगभग ६१ लाख ३५ हजार डलर कमाई गरेको छ । यो कमाइ रिलीजको १८ दिन भित्रको हो ।

यो चलचित्र हलमा आएको १८ दिन भैसकेको छ र अझै पनि यो चलचित्र हेर्नको लागि ठूलो संख्यामा दर्शक हलमा पुगिरहेका छन् । रणवीर कपूर र बबी देओलको यो फिल्म  ‘साम बहादुर’ फिल्मसँगै डिसेम्बर १ मा सिनेमाघरमा रिलिज भएको थियो ।

रणवीर र बबीको यो फिल्म हिन्दी बाहेक तमिल र तेलुगु भाषामा पनि रिलिज भएको छ । तमिल भाषामा फिल्मको कलेक्शन राम्रो थियो तर हिन्दी र तेलुगुमा फिल्मले ठूलो कमाइ गरेको थियो । आइतवार अर्थात १७ औं दिन फिल्मको कमाई करिब १३.५ करोड रहेको थियो भने सोमबार पनि राम्रो कमाई गरेको थियो । अहिले सम्म हिन्दी भाषामा ४६९.७९ करोड कमाइसकेको बताइएको छ ।

एनिमल चलचित्रले हलमा कमाउन मात्र ३ दिन बाँकी छ । वर्षको अन्त्यसँगै शाहरुख खानको  ‘डंकी’ र प्रभासको ‘सालार’ क्रिसमसको अवसरमा रिलिज हुँदैछन् । यी चलचित्रहरू डिसेम्बर २२ मा हलमा रिलिज हुनेछन् ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : १६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार