१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

हुस्सु र कुहिरोका कारण हुने दुर्घटना न्यूनिकरण गर्न ‘रिफेल्टिभ स्टिकर’



नेपालगन्ज । चिसो बढेसंगै तराईमा लाग्ने हुस्सु र कुहिरोका कारण हुने सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके प्रहरीले सवारी साधनमा रिफेल्टिभ स्टिकर (चम्किने स्टिकर) टाँस्ने अभियान थालेको छ । चिसो बढे संगै हुस्सु र कुहिरोको कारण सवारी दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बाँके प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि बाँके प्रहरीले सवारी साधनमा रिफेल्टिभ स्टिकर (चम्किने स्टिकर) टाँस्ने अभियान थालेको हो ।

ट्राफिक प्रहरीको नेतृत्वमा प्रहरीले सवारी साधन सहित विद्यालय जाने आउने विद्यार्थीहरुको ब्यागमा समेत रिफेल्टिभ स्टिकर टाँस गरेको छ । कुहिरोमा रिफेल्टिभ स्टिकर टाढैबाट टल्कने र दुर्घटनाबाट जोगाउन सकिने प्रहरीले विब्वास लिएको छ ।

कुहिरो र हुस्सुका कारण अगाडीको सवारी साधन र पैदल हिँड्ने विद्यार्थीहरुलाई देख्न नसकेर हुन सक्ने दुर्घटनालाई रिफेल्टिभ स्टिकरबाट न्यूनिकरण हुन सक्ने बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए । रिफेल्टिभ स्टिकर टाँस्ने अभियान अन्तर्गत मंगलबारमात्र नेपालगन्जको धम्बोझी क्षेत्रमा तीन सयबढी सवारी साधनमा रिफेल्टिभ स्टिकर टाँस गरिएको डीएसपी डाँगीले जानकारी दिए ।

रिफेल्टिभ स्टिकर टाँस गर्ने अभियानको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बिद्यार्थीले बोकिरहेको स्कुल ब्यागमा रिफेल्टिभ स्टिकर टाँसेर आरम्भ गरेका थिए । कार्यक्रममा बाँकेका प्रहरी प्रमुख सुभाषचन्द्र बोहरा र राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक मोहन कुँवरलगायतको सहभागिता रहेको थियो ।

प्रहरीले बाँकेका बिभिन्न स्थानहरुमा ट्राफिक सचेतना सहित रिफेल्टिभ स्टिकर टाँस्ने अभियान चलाउने जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १० : ५९ बजे

बेलहियामा गोदाम बनाएर रुपन्देहीमा लागु औषध सप्लाई गर्ने महिला पक्राउ

बुटवल । रुपन्देही प्रहरीले रुपन्देहीको भैरहवामा लागु औषध सप्लाई गर्ने

कांग्रेसले नीति तथा कार्यक्रम अवरोध नगर्ने

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति

पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

टीकापुर । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च

कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतबाट उपचार गरेर फकिँदै गरेकी युवतीको निधन

धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको