२ पुस २०८२, बुधबार | December 18, 2025

वीरगन्ज बन्यो ‘कोरोना मृत्युुको हटस्पट’, अर्की एक युवतीको पनि मृत्यु कोरोनाबाटै



वीरगन्ज । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ वीरगन्जमा उपचाररत बाराको परवानीपुर घर भएकी १७ वर्षीया युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

गण्डक कोभिड अस्पतालमा उपचाररत ती युवतीको अपरान्ह मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । उनको मृत्यु पछि कोरोना पुष्टि भएको थियो ।

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो ।

आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा उनलाई बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा रिफर गरिएको थियो ।

वीरगन्जको गण्डक कोभिड अस्पतालमा उपचाररत ८५ वर्षीया एक वृद्धा महिलाको आज बिहान मात्र मृत्यु भएको थियो । यसअघि बिहीबार अर्का एक वृद्धको मृत्यु भएको थियो ।

कोरोना संक्रमण निकै बढेपछि जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरमा निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ९ : ०४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल