काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज (शुक्रबार) बिहानसम्म देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टाको अवधिमा देशभर नै तापक्रम घट्दो क्रममा रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।



















प्रतिक्रिया