२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि प्रधानमन्त्रीको सचिवालयले दिउँसो ३ बजे संबोधन गर्ने बताएको थियो ।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारको १ वर्ष कार्याकालमा भएका उपलब्धिको चर्चाका साथै आगामी वर्षको कार्ययोजना समेत सार्वजनिक गर्ने छन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो १ वर्षे कार्यकाल सोचेजति उपलब्धिमूलक नभएको बताउँदै आएका छन् । यद्यपि यसबीचमा आफूले धेरै सकारात्मक कामहरु अगाडि बढाएको प्रधानमन्त्रीले दाबी गर्दै आएका छन् । सुशासन कायम गर्ने तथा आर्थिक अवस्था सुधारमा आफूले धेरै प्रयास गरेको प्रधानमन्त्रीको दाबी रहने गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले अब १ वर्ष आफू सुशासन कायम गर्ने लगायतका काममा अझ बढी केन्द्रित हुने बताउँदै आएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए । तत्कालीन अवस्थामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । पछि राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले नै गठबन्धन फेरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र उनको दलले राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई साथ दिएपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए । पछि राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको थियो । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी सहितको गठबन्धनबाट प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : ३७ बजे

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा

सिद्धबाबा मन्दिरमा महाशिवरात्री मेला तयारी पूरा, ६० हजार भक्तजन भित्र्याउने लक्ष्य

बुटवल । महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

बुटवल । बुटवल-पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ मा शनिबार

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण

६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छापियो

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि