३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

हाटबजार शैलीका सेल पसल र उच्च बार्गेनिङले गिज्याएको लुम्बिनी एक्स्पो (फोटोफिचर)



बुटवल । बुटवलमा जारी लुम्बिनी एक्स्पोलाई अन्तराष्ट्रिय मेलाको संज्ञा दिइएपनि एक्स्पोमा राखिएका केही स्टलहरुले एक्स्पोको गरिमालाई गिज्याइरहेका छन् । ब्यापार प्रवद्र्धन र विस्तारको लागि भन्दै अन्तराष्ट्रिय मेलाको संज्ञा दिइएको एक्स्पोमा सेलका सामाग्री र अस्वस्थ मोलमोलाईका कारण एक्स्पोको गरिमालाई प्रहार भएको हो ।

बुटवल देबीनगरका मिन कार्कीले स्टलमा ४ हजार मुल्य टाँस भएको सिरक(ब्लाङ्केट) बार्गेनिङ गरेर १ हजार ८ सयमा किने । पाल्पाबाट मेला हेर्न आएकी अर्की महिलाले २ हजार भनेको उनको स्वीटर ११ सयमा किनिन् । एक्स्पोमा राखिएका स्टलहरुमा सामान्य बजारमा संचालन हुने हाटबजार भन्दा बढी मोलमोलाईले अन्तरराष्ट्रिय ब्यापार मेला नाम दिइएको एक्स्पोको गरिमा घटाएको मेला हेर्न आएका एक दर्शकले बताए । यी उदाहरण मात्र हुन् । गार्मेन्ट, जुत्ताचप्पल, आयातित सामानका स्टलहरुमा ठुलो बार्गेनिङ चल्ने गरेको छ । सिमित पसलहरुले मात्र एकदामको बोर्ड टाँसेपनि अधिकांस स्टलहरुमा बार्गेनिङ हुने गरेको अवलोकनकर्ताहरुले बताएका छन् ।

एक्स्पोमा चर्को मोलमोलाई मात्र होईन बजारमा बेच्न नसकेका वा स्टक आउट गर्नुपर्ने सामानहरुलाई सेलमा राखेर समेत बिक्री वितरण भइरहेको छ । खुल्लारुपमा सेलको बोर्ड टाँसेर बजारमा नबिकेका वा स्टक आउट गर्नुपर्ने सामान बेचबिखन हुँदा पनि आयोजकले नियन्त्रण तर्फ ध्यान नदिँदा एक्स्पोमा हाटबजारको गन्ध आएको हो । मेला आयोजकले एक्स्पोको पूर्व तयारीका क्रममा गरेको छलफलमा सबैको सुझाव एक्स्पोलाई हाटबजारको गन्धबाट मुक्त गराउनु पर्ने सुझाव दिएका थिए । आयोजक रुपन्देही ब्यापार संघले पनि छुट्टै पहिचान दिनेगरि ब्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरेको थियो ।

एक्स्पोमा धेरै बाहिरिने ढोकाहरु राखिएका कारण स्टलहरुमा कम ब्यापार भएको स्टल होल्डरहरुले गुनासो गरेका छन् । मेला प्रवेश गरे लगत्तै स्टलमा भन्दा मनोरन्जन र झुलाहरुमा प्रवेश गर्न छुट दिइएकाले अवलोकनकर्ताहरु स्टलहरु भन्दा मनोरन्जन स्थलमै भुल्ने गरेको एक स्टल होल्डुले गुनासो गरे । सांस्कृतिक कार्यक्रमको अवलोकनपछि स्टल हुँदै फर्कने ब्यवस्थामा कडाई नगरिँदा अधिकांस अवलोकनकर्ता सांस्कृतिक कार्यक्रम स्थलबाटै बाहिरीने गरेको स्टलहोल्डरको गुनासो छ ।

उता स्टलको अवलोकनका लागि पर्याप्त ब्यवस्था मिलाईएको आयोजकको दाबी छ । स्टल ब्यवस्थापन उपसमितिका संयोजक डिल्लीराज भण्डारीले स्टलको अवलोकन नगरि बाहिर निस्कन नमिल्ने गरि ब्यवस्थापन मिलाइएको दाबी गरे । उनले अधिकांस स्टलहरुमा मूल्यसूची राख्ने प्रबन्ध गरिएपनि गार्मेन्ट प्याभिलियनमा एकरुपता ल्याउन नसकिएको स्वीकार गरे । ‘गार्मेन्ट तर्फको मूल्यमा ब्यवस्थापन गर्न सकिएको छैन, त्यहाँ मूल्यको भेरियसन छ ।’ उनले भने । भण्डारीले मनोरञ्जन तर्फ सिधै प्रवेश गर्न दिने कुरालाई आजैबाट नियन्त्रण गरेर स्टल तर्फ जाने ब्यवस्था मिलाइने बताए ।

भण्डारीले स्टलमा अवलोकनको वातावरण रहेको बताइरहँदा कृषि प्याभिलियन भनेर कृषि उत्पादन राखिएका क्षेत्रमा मोबाइल देखि चस्मा पसलका स्टल पनि बेचिएकाले ब्यापारमा असर परेको एक स्टल होल्डर महिलाले बताइन् । ‘कृषि भनेर स्टल बुक गरियो, छेउछाउमा मोबाइल कभर देखि चस्मासम्मका स्टल छन्, कृषि उत्पादन ओझेलमा पर्यो ।’ उनले भनिन् । स्टलको घुमाई अत्यन्त लामो र नियमित सरसफाई नभएकाले पनि दर्शकमा किन्ने वातावरण नभएको उनले बताइन् ।

एक्स्पोमा दैनीक उपभोग्य, फर्निचर तथा फर्निसिङ, रेष्टुरेन्टलगायतको स्टलहरुमा भने सहुलियत र ब्यवस्थित ब्यापार चलेको देखिएको छ । ब्यापार मेला भनिएपनि सांस्कृतिक समितिले ब्यवस्थापन गरेको आकर्षक सांसकृतिक कार्यक्रम र दर्शकले रुचाएका कलाकारको प्रस्तुतीले भने मेला अवलोकनकर्ताहरुलाई भरिपूर्ण मनोरञ्जन दिन सकेको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ११ : १७ बजे

बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघर ल्यायो ‘जीवन परिवर्तन योजना’

बुटवल । बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघरले सेवाग्राहीलाई

राइटपाथले बुटवलमा ग्राण्ड एजुकेसन कनक्लेभ गर्ने

बुटवल । शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र

छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ : मुख्यमन्त्री महरा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख