१० पुस २०८२, बिहिबार | December 25, 2025

दाङमा पिकनिक हिँडेको बस दुर्घटना, २० जना घाइते



दाङ । राप्ती राजमार्ग अन्तरगत सितलपुर-अमेलिया सडक खण्डको भञ्जाङमा बस दुर्घटना भएको छ । आइतबार बिहान करिब ७ बजेतिर बर्दियाबाट दाङको चखौरा पिकनिकका लागि हिडेको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परि झन्डै २० जना घाइते भएको प्रहरीले बताएको छ । बर्दियाबाट दंगीशरण-३ स्थित थारु संग्रालय रहेको चखौरामा पिकनिकका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटना भएको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नबचन्द्र मल्लले २० जना जति घाइतेको उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तर्फ पठाइएको जानकारी दिए ।

आँफुहरु घटनास्थल पुग्नु भन्दा पहिले नै चार पाँच जना जति गम्भीर घाइतेलाई हायस गाडी मार्फत बाँकेको कोहलपुर तर्फ पठाइएको भन्ने कुरा अन्यले गरेको पनि उनले जानकारी दिए ।

तुलसीपुर पठाइएका मध्य तीन जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बर्दियाबाट दंगिशरण-३ स्थित थारु संग्राहलय चखौरामा पिकनिक खानका लागि आउँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका वडा नं.-१३ स्थित अम्बापुर नजिकै पाखोमा दुर्घटनामा परेको थियो ।

गाडी सडक छेउनमै वरालो झर्दै गर्दा सडकमै पल्टिएको छ । ब्रैक नलागेपछि बस नालामा परि पल्टिएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ३९ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न