३१ बैशाख २०८१, सोमबार | May 13, 2024

निर्वाचनको २ दिनअघि लुम्बिनीमा विषयगत सभापतिको निर्वाचन स्थगित



बुटवल । लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन आउन २ दिन बाँकी छँदा सभामुख तुलाराम घर्तीले निर्वाचन स्थगित गराएका छन् । विशेष कारण देखाउँदै सभामुख घर्तीको निर्देशनमा अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको छ ।

सभामुखको निर्देशन अनुसार निर्वाचन स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । यहि १७ पुसका लागि तोकिएको समितिका सभापतिको निर्वाचन निर्वाचनको मिति आउन २ दिन बाँकी छँदा स्थगित गरिएको हो ।

प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन् । लुम्बिनीमा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् ।

६ समितिमा लेखासहित सहित २ वटा समितिको सभापति एमालेलाई दिने र बाँकी सत्ता गठबन्धनले लिने तयारी भएको स्रोतको दाबी छ । यद्यपि सत्तारुढ गठबन्धनभित्र कसले कुन समितिको नेतृत्व लिने भन्ने टुंगो नलागेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  २ : ४५ बजे

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र

भारतमा चौथो चरणको मतदान आज

काठमाडौं। भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज सुरु भएको

विषादी प्रयोगबारे सचेत बन्दै किसान

कैलाली । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती

डिके तामाङ मेमोरिएल सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि सोल्टी युनाइटेडलाई

बुटवल । तिलोत्तमाको सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा भएको ‘डिके तामाङ