२ कार्तिक २०८३, सोमबार | October 19, 2026

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित



दाङ । लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ ।

बुधबार राति बसेको प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १८ औँ बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका थिए । थारू समुदायका मौलिक परम्परा, संस्कृति तथा सामाजिक अभ्यासको संरक्षण र प्रवर्द्धनका लागि कानुनी आधार तयार गर्ने उद्देश्यले विधेयक तयार गरिएको हो ।

विधेयकले थारू समुदायमा परम्परागत रूपमा प्रचलित कविला गण संरचना, सङ्गठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्सालगायतका मौलिक परम्पराको पहिचान, अभिलेखीकरण, संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि आवश्यक कानुनी व्यवस्था गरेको छ ।

प्रदेश सरकारले यो विधेयकमार्फत थारू समुदायको मौलिक सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान, सामाजिक संरचना र सांस्कृतिक अभ्यासको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  १ : २७ बजे

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३