१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु



लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ । प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभामा छलफल सुरु भएको हो ।

बैठकमा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३९ को उपनियम (१) बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न सुरु गरेका हुन् ।

छलफलमा प्रदेशसभा सदस्य अर्जुनकुमार केसी, निलम पासवान, भण्डारीलाल अहिर, भगवती अधिकारी, मीनाकुमारी श्रेष्ठ तथा विष्णुप्रसाद पन्थीले भाग लिए । उनीहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास प्राथमिकता, कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राखेका थिए ।

बैठकमा नीति तथा कार्यक्रममाथि कुनै संशोधन प्रस्ताव दर्ता नभएको जानकारी सभामुख तुलाराम घर्तिमगरले जानकारी गराएका छन् । प्रदेशसभाले नीति तथा कार्यक्रममाथिको छलफललाई आगामी बैठकमा निरन्तरता दिने निर्णय गरेको छ ।

थारु समुदायको प्रथा जनित विधेयक पेस

यसैबीच, आजको बैठकमा ‘थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पनि पेस गरिएको छ । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभासमक्ष प्रस्तुत गरेका हुन् ।

प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथा जनित कविला गण संरचना, सङ्गठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्साजस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रवर्द्धन र पुस्तान्तरणका लागि कानुनी व्यवस्था आवश्यक रहेको भन्दै विधेयक ल्याइएको जनाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थारू समुदायको जनसङ्ख्या १८ लाख सात हजार १२४ अर्थात् कुल जनसङ्ख्याको ६.२ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा मात्रै थारू समुदायको जनसङ्ख्या सात लाख ३२ हजार ६९ अर्थात् १४.३ प्रतिशत रहेको तथ्याङ्क छ । दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र नवलपरासी जिल्लामा थारू समुदायको उल्लेख्य बसोबास रहेको छ ।

बैठकको प्रारम्भमा समसामयिक विषयमा शून्य समयमा विभिन्न ११ जना प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक यही जेठ १३ गते बुधबार दिउँसो १ः०० बजे बस्ने तय गरिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ५ : २१ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,