काठमाडौं । धोती दिवस मनाउन माइतीघर पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ।
बबरमहलबाट माइतीघर तर्फजाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बिपी साहले जानकारी दिएका छन् ।
‘धोती दिवस मनाउँन माइतीघर जान लाग्दा आर्ट काउन्सिलवाट अध्यक्षसहित हामीलाई प्रहरीले पक्राउ गरेर नेपाल पुलिस क्लब ल्याएको छ,ञ थुनामा रहेका साहले भने, यहाँ ७३ जना छौं, थप अरूलाई अर्को ट्रकमा हालेर अन्यत्र लगेको छ ।’
मधेसी समुदायले अंग्रेजी नयाँ बर्षमा हरेक पटक धोती दिवस मनाउँदै आएका छन् ।



















प्रतिक्रिया