५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हो : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकत्रन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हुने बताएका छन ।

कांग्रेसले ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रका खिलापमा धुमिल वातावरण बनाउने प्रयास भएको उल्लेख गर्दै यसप्रति सबै सचेत हुनुपर्ने उल्लेख गरे । सभापति देउवाले भने, “नेपालका राजनीतिक दलहरुमा प्रतिस्पर्धा र वैचारिक विविधता बाबजुद लोकतन्त्रका सम्बन्धमा एक ठाउँमा रहने राम्रो संस्कार छ, यो विरलै हुन्छ ।” सबै पार्टीबीच रहेको यस्तो सहमति र साझा धारणा महत्त्वपूर्ण रहेको उनले बताए ।

राष्ट्रियताका सवालमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नीतिको प्रभाव रहेको उल्लेख गर्दै सभापति देउवाले कोइराला सानो देशका ठूला नेता भएको बताए । बीपी कोइराला मुलुक अफ्ठ्यारो परिस्थितिमा ज्यान जोखिममा राखेर स्वदेश फिर्ता भएका प्रसङ्ग उल्लेख गर्दै उनले बीपीका विचार, राष्ट्रिय एकता र मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : ०९ बजे

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम

लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा

‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह

काठमाडौँ । अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले

हुलाकी राजमार्ग : धम्बोझी-नन्दनीमील खण्डको मुहार फेरिँदै, स्वस्फुर्त अतिक्रमण हटाँउदै स्थानीय

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्जको धम्बोझी चोक देखि नन्दनी