५ पुस २०८२, शनिबार | December 20, 2025

मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ



काठमाडौं। बैकिङ कसुरको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी घर भई काठमाडौंको तीनकुने बस्ने ५४ वर्षीय रत्नेश्वर प्रसाद शर्मा रहेका छन्।

शर्माले बैकिङ कसुर मुद्दामा थुनामा रहेका जाहेरवालासँग कुरा गरी न्यायाधिशहरू आफ्नो सहपाठी भएको र जाहेरवालालाई सजिलै उक्त बैकिङ कसुर मुद्दामा कानुनी उन्मुक्ति दिलाउने भन्दै विभिन्न बैक खाता समेतमा रकम जम्मा गर्न लगाई १० लाख १६ हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार थापागाउँबाट पक्राउ गरेको हो।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ०८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता