६ श्रावण २०८३, बुधबार | July 23, 2026

पुष २० र २१ गते बुटवलमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने



बुटवल । बुटवलमा पुष २० र २१ गते प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । न्यू लुम्बिनी ब्याडमिन्टन क्लब बुटवलको आयोजनामा प्रथम प्रदेश स्तरीय मेयर कप खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

‘राष्ट्रको लागि खेलकूद स्वास्थ्यका लागि खेलकूद भन्ने मूल नाराका साथ क्लबको कभर्डहल बुटवल-७ शिवनगरमा पौष २० र २१ गतेदेखि प्रतियोगिता सुरु हुने आयोजकले जानकारी दिएका छन ।

मेन्स डबल खुल्ला र भेट्रान्स गरी दुई ईभेन्टमा हुने प्रतियोगितामा करिब १५० टिमको सहभागीता रहने न्यू लुम्बिनी ब्याडमिन्टन क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।

दुई दिनसम्म संचालन हुने प्रतियोगिताको विजेताले खुल्लातर्फ ५१ हजार १११ रुपैया नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ३५ हजार १११ रुपैया नगद राशी प्राप्त गर्ने छ । यसैगरि अन्तिम ४ मा पुग्ने दुई समूहले ११ हजार १११ नगद राशी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भेट्रान्सतर्फ विजेताले ३१ हजार १११ नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले २१ हजार १११ तथा अन्तिम ४ मा पुग्ने दुई समुहलाई १५ हजार १११ नगद राशी प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी विधागततर्फ अनुशासित र उदयमान खेलाडीमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि शुल्लातर्फ प्रतिसमूह ३ हजार तथा भेट्रान्सतर्फ २ हजार ५ सय प्रवेश शुल्क राखिएको छ । प्रतियोगिता समापन गर्न १३ लाख खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न बुटवल उपमहानगर पालिकाबाट ८ लाख तथा लुम्बिनी प्रदेश खेलकुद परिषदबाट ५ लाख आर्थिक सहयोग प्राप्त हुने र विभिन्न निजी कम्पनीहरुबाट प्रायोजनको व्यवस्ता भएको अध्यक्ष पियाले जानकारी दिए । प्रदेश खेलकुद परिषद संरक्षक रहेको प्रतियोगितामा विभिन्न निजी कम्पनीहरुले पुरस्कार सौजन्यका लागि प्रतिवद्धता गरिसकेको उनले बताए ।

प्रतियोगिता बारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी खेलकुद विकास परिषदका अध्यक्ष जयप्रकाश भट्टराईले प्रतियोगिता नयाँ खेलाडी उत्पादनका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  २ : ५२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क