१५ माघ २०८२, बिहिबार | January 30, 2026

कोशी प्रदेश सरकारको प्रोत्साहन भत्ताले महिला स्वास्थ्य स्वयं सेविका उत्साहित



विराटनगर । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि यस प्रदेशका महिला स्वास्थ्य स्वयं सेविका उत्साहित भएका छन् ।

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५-५ हजारका दरले प्रोत्साहन भत्ता र जिल्ला जिल्ला र प्रदेश स्तरमा पुरस्कृत गर्ने व्यवस्था गरेको हो ।

नेपाल महिला स्वास्थ्य स्वयं सेविका संघ कोशी इन्चार्ज रत्ना रिजालको नेतृत्वमा आाएका महिला स्वास्थ्य स्वयं सेविकाहरुले प्रदेश सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको हकहितमा चासो राखेर प्रोत्साहन भत्ता र पुरस्कृत गर्ने व्यवस्थाले आफूहरु उत्साहित भएको बताएकी छिन् ।

‘महिला स्वास्थ्य स्वयं सेविकाहरुले रातदिन नभनी काम गरिरहेको दुःखलाई मुख्यमन्त्रीज्यूले सम्झेर प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्था गरेकोमा धन्यवाद दिन चाहन्छु,’ इन्चार्ज रिजालले भनिन्,  ‘मुख्यमन्त्री ज्यूले प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्था गरेर महिला स्वास्थ्य स्वयं सेविकालाई अझै जिम्मेवार बनाइदिनु भएको छ ।’

संघकी केन्द्रीय सचिवसमेत रहेकी झापाकी महिला स्वास्थ्य स्वयं सेविका विमला प्रसाईंलगायतले आफूहरुले प्रदेशबाट पाउँदै आएको सुविधा पनि अघिल्लो सरकारबाट रोक्का भएकाको भन्दै मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

‘महिला स्वास्थ्य स्वयं सेविका छोडेर विदा हुँदाको बखत प्रदेश सरकारले २० हजार रुपैंयाँ दिने भनेर नीति नै बनाएको तर महालेखा परीक्षकको कार्यालयले त्यसलाई बेरुजु देखाएपछि उक्त रकम पनि नपाउने भएका छौं,’ उनले भनिन्, ‘प्रदेशभरिमा ६ हजार महिला स्वास्थ्य स्वयं सेविका रातदिन महिलाले गर्भ धारण गरेदिख बच्चा हुर्कुञ्जेल स्वयं सेवा गर्दै आएको अवस्थामा प्रदेश सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गरेर थप जिम्मेवार बनाइ दिएको छ ।’

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा महिला स्वयं सेविकाको ध्यानाकर्षण पत्र बुझेपछि मुख्यमन्त्री कार्कीले समाजमा महत्वूण योगदान पुर्याउने महिला स्वास्थ्य स्वयं सेविकाहरु आफ्ना बिरामी बालबालिकालाई घरमा छोडेर रातदिन नभनी अर्काको घरमा गएर गर्भवती महिलादेखि बालबालिकाहरुलाई सेवा दिँदै आएकाले प्रोत्साहन र पुरस्कारको व्यवस्था गरेको बताएका छन् ।

‘आफ्ना छोराछोरीलाई घरमा छोडेर समुदायमा रहेका छोराछोरीहरुको हेरबिचार गर्ने महिला स्वास्थ्य स्वयं सेविकाहरुको योगदान उच्च छ । त्यो मैले पनि बुझेको छु,’ मुख्यमन्त्री कार्कीले भने,  ‘अहिलेसम्म महिला स्वास्थ्य स्वयं सेविकाको पीडामा कोही सरकार लागेन यो पटक मैले बजेटमै स्वयंसेवी महिलाहरुलाई ५ हजार प्रोत्साहन उपलब्ध गराउने व्यवस्था मिलाएको छु । तपाईहरु ढुक्क हुनुहोस ।’

मुख्यमन्त्री कार्कीले कोशीका १४ वटा जिल्लामा एक÷एक जना र प्रदेश भरिबाट एक जना महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गर्ने बताएका हुन् ।

कोरोनाका बेला समेत  डाक्टरहरुको भन्दा पनि घरघरमा पुगेर कोरोना पिडीतलाई हेर्ने महिला स्वास्थ्य स्वयं सेविकाहरुको सेवा महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्की भन्छन् ‘मेरो सरकारको पहिलो प्राथमिकता भनेको मानवीय विकास हो । त्यसभित्र पनि वालबालिका र महिलाको क्षेत्रमा काम गर्नु छ ।’

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ७ : ५६ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला