७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

चिसोका कारण जाजरकोटमा थप १ जना भूकम्पपीडितको मृत्यु



जाजरकोट । चिसोका कारण जाजरकोटमा थप १ जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोको कारण मृत्यु भएको हो ।

त्रिपालको बसाइले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाँ देखिएपछि त्यहाँ उपचार नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरेर सुर्खेत पुर्‍याउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएन । उपचारकै क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छोरा रूपलाल विकले बताए ।

भूकम्पपछि त्रिपालमुनि बस्दा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या जाजरकोटमा ३१ पुगेको छ । रुकुम पश्चिममा ५ गरी ३६ जना भूकम्पपीडितको चिसोका कारण मृत्यु भैसकेको छ ।

हिउँदको कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्प पीडितहरूको ज्यान जाने क्रम रोकिन सकेको छैन ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : १० बजे

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी, महामन्त्री शर्माले सभामुखलाई भने-‘रबर स्ट्याम्प’

काठमाडौं । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक

नेपालगन्जमा परम्परागत इनारको संरक्षण

नेपालगन्ज । नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि