३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

चिसोका कारण जाजरकोटमा थप १ जना भूकम्पपीडितको मृत्यु



जाजरकोट । चिसोका कारण जाजरकोटमा थप १ जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोको कारण मृत्यु भएको हो ।

त्रिपालको बसाइले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाँ देखिएपछि त्यहाँ उपचार नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरेर सुर्खेत पुर्‍याउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएन । उपचारकै क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छोरा रूपलाल विकले बताए ।

भूकम्पपछि त्रिपालमुनि बस्दा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या जाजरकोटमा ३१ पुगेको छ । रुकुम पश्चिममा ५ गरी ३६ जना भूकम्पपीडितको चिसोका कारण मृत्यु भैसकेको छ ।

हिउँदको कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्प पीडितहरूको ज्यान जाने क्रम रोकिन सकेको छैन ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : १० बजे

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

मुस्ताङ । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार

सिद्धबाबामा बिहानैदेखि दर्शनार्थीको घुईंचो, २० हजार दर्शनार्थीले गरे दर्शन (फोटो फिचर)

बुटवल । आराध्यदेव भगवान् शिवको विशेष पूजा-आराधनासहित महाशिवरात्री पर्व आज

खरानी टक्टक्याउँदै सर्वोकृष्ट नगर बनाउने अभियानमा बुटवल उपमहानगर

बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै

गोकर्णलाई अग्लुङ्गका मतदाता भन्छन् : ‘सडक र मन दुवै जोड्न चाहान्छौ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

महिला एशिया कप राइजिंग स्टार्समा आज नेपाल र युएई भिड्दै, पहिलो जितको खोजीमा नेपाली टोली

काठमाडौं । महिला एशिया कप राइजिंग स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले