२० मंसिर २०८२, शनिबार | December 6, 2025

विपक्षी दलको बहिस्कारका बाबजुद बंगलादेशमा आज आम निर्वाचन जारी



ढाका । बंगलादेशमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ । प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै वर्तमान सरकारको नेतृत्वमा हुने कुनै पनि निर्वाचन निष्पक्ष र विश्वसनीय नहुने दाबी गरे पछि प्रधानमन्त्री शेख हसिना चौथो पटक प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।

एकातिर हसिना सरकारले हजारौं प्रतिद्वन्द्वी राजनीतिज्ञ र समर्थकहरूलाई गिरफ्तार गरेको आरोपमा अमेरिका र अन्य पश्चिमी देशहरूले बारम्बार चिन्ता व्यक्त गरेका छन् ।

पश्चिमा देशहरूले बारम्बार हसिना सरकारको लोकतान्त्रिक विश्वसनीयता माथि प्रश्न उठाएका छन् र अधिकार समूहहरूले बंगलादेश सरकारलाई विपक्षीहरूलाई अपाङ्ग गरेको आरोप लगाउँदै निन्दा गरेका छन्, जबकि भारत र चीनले शेख हसिना सरकारप्रति नरम अडान अपनाएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : ४० बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी