५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

गाँजा मिसाएर केक बिक्री गरेको आरोपमा एकजना पक्राउ



काठमाडौं । प्रहरीले लागुऔषध गाँजा मिसाएर केक तयार गरी अनलाइनमार्फत बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्स्टाग्राममा एकाउन्ट बनाएर लागुऔषध प्रयोग गरी मफिनलगायत केक बनाएर अनलाईनमार्फत बिक्री गरेको अभियोगमा काठमाडौं घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको जनाएको हो ।

विशनले विगत एक वर्षदेखि आफ्नै घरमा गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरू बनाएर अनलाइन डेलिभिरी गरेको खुलेको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । उक्त केक प्रयोगकर्ता विशेषगरी होष्टलमा बसेका युवाहरू रहेको देखिएको उनले बताए ।

विशनको कोठामा खानतलासी गर्दा गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागुऔषध गाँजा ३ केजी ७५४ ग्राम, सेतो रङको डिजिटल तराजु १, इलेक्ट्रिक ओभन १, ग्लोबल आईएमई बैंकको एटिएम कार्ड, अर्डरको सामान डेलिभरी गर्ने नीलो र रातो रङका हाते झोलालगायत बरामद गरिएको थपलियाले बताए ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : ०१ बजे

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट

कर्मचारी आचरण र सेवा प्रवाह व्यवस्थित गर्न श्रम मन्त्रालयद्वारा नयाँ आचारसंहिता लागू

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत

अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

जुम्ला । जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा