१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लकडाउन समाप्तिसँगै खेलकुद क्षेत्र सामान्य अवस्थामा फकिँदै, कभर्ड हलमा व्याडमिन्टन अभ्यास



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले लगाएको लकडाउन साउनको पहिलो साता पछि खुकुलो भएसँगै अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि विस्तारै फर्किन थालेको छ ।

त्रिपुरेश्वर स्थित राखेपको कर्भड हलमा ब्याडमिन्टनले दैनिक रुपमा विदेशी प्रशिक्षकबाट अभ्यास गरिहेको छ भने अन्य खेल पनि फर्किने तयारी गरिहेका छन् ।

बिहानै केही खेलाडी र नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठ त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा उपस्थित भएका थिए । प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोई सिउन कुक वार्मअप गरिरहेका थिए ।

कोरोना भाइरसका कारण एक महिना अघिसम्म कोर्ट बाहिर रहेका खेलाडीहरुमा उमंग छुट्टै देखिन्थ्यो । कोर्टमा फर्केर ट्रेनिङ गर्न पाउँदा दंग थिए । खेलाडीलाई कोर्टमा फर्काउन राखेपले तोकेका मापदण्ड पुरा गरेकाले खेलाडीमा कोर्टमा फर्काउन सम्भव भएको नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले बताए ।

कोरियन प्रशिक्षकले कोर्टमा खेलाडीलाई विभिन्न टेक्निकहरु सिकाइरहनु भएको थियो । तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिएको बताए । निश्चित खाका बनाएर खेलाडीलाई अभ्यासमा फर्किन अनौपचारिक निर्देशन गरेपछि व्याडमिन्ट संघले विदेशी प्रशिक्षकको प्रशिक्षणमा नियमित अभ्यास गरिरहेको छ ।

लक डाउनको पहिलो तीन महिना र लकडाउन पछिको तीन महिनाको घर बसाईले व्याडिमिन्ड खेलाडीलाई चिन्ता थियो र फर्किन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

सिनियर र जुनियर गरि अभ्यास गरिरहेका ब्याडमिन्ट खेलाडी अहिले फिटनेसमा केन्द्रित छन् । कोर्टमा प्रवेश गराउनु अघि प्रशिक्षकले फिटनेसमा जोडि दिइरहेको युवा खेलाडी प्रिन्स दाहालले बताए ।

कोरोना महामारीकै बीच नेपाल ब्याडमिन्टन संघले औपचारिक रुपमै प्रशिक्षण सुरु गर्दा अन्य समूहगत खेलले भदौ पहिलो साता कुरिरहेका छन् । चर्चित खेल फुटबल र क्रिकेटलाई भने औपचारिक रुपमा प्रशिक्षण थाल्न प्राविधिक कठिनाइ छन् ।

भौतिक पूर्वाधर र स्पष्ट निर्देशिका नभएकाले खेलाडीलाई मैदान उर्तान खेलकुद गतिविधि फर्काउन चुनौति छ । राष्ट्रका लागि खेल्ने खेलाडीलाई भयरहित वातावरणबाट खेलमा फर्काउन राज्यले सकारात्मक भूमिका खेल्न आवश्यक छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १२ : ०९ बजे

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट