३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

‘ज्योतिष विद्यालाई सबैको पहुँचमा पु-याउन जरुरी छ’



काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई सबैको पहुँचमा पु-याउन जरुरी रहेको बताएका छन । नेपाल ज्योतिष परिषपद्को आज यहाँ आयोजित रजत समारोहको उद्घाटन गर्दै उनले परम्परागत ज्योतिष विद्यालाई नयाँ प्रविधिमार्फत सबैको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिए ।

“ज्योतिष विज्ञानलाई थप वैज्ञानिक बनाउन जरुरी छ, यसलाई अगाडि बढाउन सरकारले आवश्यक सहयोग गर्नेछ”, उपप्रधानमन्त्री खड्काले भने । ज्योतिष विज्ञानलाई हचुवाको भरमा प्रयोग गर्ने र जीविकोपार्जनको माध्यम बनाउन नहुने उनले बताए ।

“खगोलको बारेमा नयाँ नयाँ कुरालाई ज्योतिष विज्ञानमार्फत अगाडि बढाउनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भने । ज्योतिष अध्ययनलाई निश्चित कार्यविधि र मापदण्ड बनाउन जरुरी रहेको उनले उल्लेख गरे ।

विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले सरकारले ज्योतिषलाई अनुमतिपत्रको व्यवस्था मिलाउनुपर्ने बताए । उनले देशभरका १४ हजारभन्दा बढी ज्योतिष परिषद्मा आवद्ध रहेका जानकारी दिए ।

विसं २०५३ मा स्थापना भएको परिषद्ले हाल ७७ वटै जिल्ला, सात प्रदेश र उपत्यकामा आफ्नो शाखा विस्तार गरिसकेको छ । आगामी वर्ष चैत शुक्ल प्रतिपदाको दिनलाई राष्ट्रिय ज्योतिष दिवस मनाइने परिषद्का अध्यक्ष माधवराज पाण्डेले बताए । परिषद्ले रजतजयन्ती समारोहमा संस्थाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका विभिन्न व्यक्तिलाई सम्मानसमेत गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ३ : ११ बजे

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ