४ पुस २०८२, शुक्रबार | December 19, 2025

बार्सिलोनाका पूर्वकप्तान जाभिलाई कोरोना संक्रमण



काठमाडौं । नेपाललाई अति माया गर्ने, स्पेनका विश्वकप विजेता, बार्सीलोनाका पुर्वकप्तान जाभि हर्रनान्डेजलाई कोरोना संक्रमण भएको छ ।

हाल कतारी क्लव अल सादका प्रमुख प्रशिक्षक रहेका जाभिलाई शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण स्थगित भएको कतारी लिग पुनःसंचालनमा आउन लागेकै दिन उनलाई संक्रमण पुष्टि भएको थियो ।

तर उनी खतरामुक्त छन् । हाल उनी दोहास्थित निजी निवासमा आराम गरिरहेका छन् ।

बार्सिलोनामा नेपालका संचारकर्मी किरण मरहठ्ठा (हाल अमेरिका)सँगको भेटमा जाभीले आफुलाई सगरमाथा मनपर्ने भन्दै एकपटक नेपाल घुम्ने बताएका थिए ।

तर, उनको नेपाल भ्रमणको साइत अहिलेसम्म जुर्न नसकेको पत्रकार मरहठ्ठाले बताएका छन् ।

कोरोना महामारीपछि जाभीको भ्रमणका लागि प्रयास गर्ने मरहठ्ठाले खबरकुरालाई बताए । उनको नेपाल भ्रमण हुन सके यहाँका फुटवल खेलाडी र फुटवल प्रेमीका लागि प्रेरणा मिल्ने मरहठ्ठाले विश्वास लिए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ४ : ४३ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह