१३ असार २०८३, शनिबार | June 28, 2026

बार्सिलोनाका पूर्वकप्तान जाभिलाई कोरोना संक्रमण



काठमाडौं । नेपाललाई अति माया गर्ने, स्पेनका विश्वकप विजेता, बार्सीलोनाका पुर्वकप्तान जाभि हर्रनान्डेजलाई कोरोना संक्रमण भएको छ ।

हाल कतारी क्लव अल सादका प्रमुख प्रशिक्षक रहेका जाभिलाई शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण स्थगित भएको कतारी लिग पुनःसंचालनमा आउन लागेकै दिन उनलाई संक्रमण पुष्टि भएको थियो ।

तर उनी खतरामुक्त छन् । हाल उनी दोहास्थित निजी निवासमा आराम गरिरहेका छन् ।

बार्सिलोनामा नेपालका संचारकर्मी किरण मरहठ्ठा (हाल अमेरिका)सँगको भेटमा जाभीले आफुलाई सगरमाथा मनपर्ने भन्दै एकपटक नेपाल घुम्ने बताएका थिए ।

तर, उनको नेपाल भ्रमणको साइत अहिलेसम्म जुर्न नसकेको पत्रकार मरहठ्ठाले बताएका छन् ।

कोरोना महामारीपछि जाभीको भ्रमणका लागि प्रयास गर्ने मरहठ्ठाले खबरकुरालाई बताए । उनको नेपाल भ्रमण हुन सके यहाँका फुटवल खेलाडी र फुटवल प्रेमीका लागि प्रेरणा मिल्ने मरहठ्ठाले विश्वास लिए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ४ : ४३ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट