११ श्रावण २०८३, सोमबार | July 27, 2026

पूर्वराजा ज्ञानेन्द्रसँग बढेको दूरी घटाउन सकेनन् कमल थापाले



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच बढेको दूरी कम हुन सकेको छैन । विभिन्न धार्मिक तथा नागरिक अभिनन्दन कार्यक्रममा कमल थापालाई सहभागी गराइएको छैन ।

आफूअनुकूल राजनीतिक एजेण्डा लिने र बेलाबखत राजसंस्था र पूर्वराजपरिवारका सदस्यमाथि आक्षेप लगाउने गरेका कारण अध्यक्ष थापाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले विश्वास गर्न छाडेका उनीनिकट व्यक्तिहरु बताउने गर्छन् ।

राप्रपा अध्यक्षमा पराजित भएपछि राजसंस्था र पूर्वरााजपरिवारका सदस्यविरुद्ध खरो अभिव्यक्ति दिएका थापा फेरि राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको एजेण्डामा फर्किएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्रले भने उनीमाथि विश्वास गरिसकेका छैनन् ।

२०७८ मंसिरमा भएको राप्रपाको एकताको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले आफ्नो पराजयमा पूर्वराजपरिवारको सदस्यको हात रहेको आरोप लगाएका थिए । सो महाधिवेशनमा लिङ्देनले १८१७ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित हुँदा थापाले १६१७ मत प्राप्त गरेर पराजय व्यहोरेका थिए । तर, थापाले यसको दोष पूर्वराजा ज्ञानेन्द्र शाहलाई मात्रै लगाएनन् राजसंस्थाको एजेण्डा नै छाडेको घोषणा गरेका थिए । अध्यक्षमा पराजयलाई स्वीकार्न नसकेका उनी राप्रपामा प्रवेश गरेर अध्यक्ष बनेका थिए ।

आफ्नो पराजयको कारक निर्मल निवासको हस्तक्षेप रहेको आरोप लगाउँदै थापाले भनेका थिए, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु । सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मूलसंवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

उनले राजसंस्थाको एजेण्डा छाडेको यो पहिलोपटक थिएन । २०७० सालको संविधानसभाको निर्वाचन ताका पनि आफूले एजेण्डा परिवर्तन गर्न सक्ने भन्दै पूर्वराजा ज्ञानेन्द्रसँग घुर्की लगाएका थिए । आफूअनुकुल राजसंस्थाको छाड्ने र लिने गरेका कारण अध्यक्ष थापाप्रति पूर्वराजा ज्ञानेन्द्रले विश्वास गरिहाल्न नसकेको राप्रपा नेपालनिकट नेताहरु बताउँछन् ।

राप्रपाको अगुवाइमा भइरहेका पूर्वराजा ज्ञानेन्द्रका गतिविधिमा अध्यक्ष थापा सहभागी भएको देखिँदैन । पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका शीर्षनेताहरुसँग भेटघाट गरेका तस्बिर सार्वजनिक भइरहँदा राप्रपा अध्यक्ष थापासँग भेटवार्ता भएको देखिँदैन । यसर्थ अझै अध्यक्ष थापाले पूर्वराजा ज्ञानेन्द्रसँग बढेको दूरी अझै कम गर्न नसकेको देखिएका नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : १५ बजे

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको

धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी युवतीको उपचारका क्रममा मृत्यु

कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक