२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

नवसोच एकता क्लब तिलोत्तमा-१६ को खुल्ला भलिबल प्रतियोगिता शुरु



तिलोत्तमा । नवसोच एकता क्लब तिलोत्तमा-१६ को आयोजनामा बुधबारबाट प्रथम वडा कप माउन्ट एभरेस्ट खुल्ला भलिबल प्रतियोगिता-२०८० पर्सवामा शुरु भएको छ ।

राष्ट्रिय एकता दिवशको अवसर पारि बुधबारबाट शुरु प्रतियोगितामा रुपन्देही र नवलपरासीका नेपाल प्रहरीका विभागीय टोली सहित कुल १४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद पुरस्कार रु ३० हजार प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगर रु १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नवसोच एकता क्लवले जनाएको छ ।

त्यस्तै गरि सेमिफाइनल पुग्ने अन्य दुइ टोलीले समेत नगद रू ५÷५ हजार पुरस्कार प्राप्त गर्ने छन् । हिजो आयोजित उद्घाटन कार्यकममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तिलोत्तमा वडा न १६ अधक्ष झविलाल भुसालले, खेलको माध्यमबाट समजमा उदाहरणीय बन्न सकिने बताए ।

साथै उनले खेल मानव जीवनका लागी अपरिहार्य रहेको भन्दै खेलबाटै नाम र दाम कमाउने अवस्था रहेकाले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल प्रर्दशन गर्न आग्रह गरे । क्लवका अध्यक्ष मुक्ति बस्यालको अध्यक्षता रहेको उदघाटन समारोहमा जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य ऋषिराम बस्याल, माउन्न्ट एभरेस्ट कत्था मिल्सका प्रवन्ध निर्देहक बसन्त रोक्का क्षेत्री लगायतले मन्तव्य दिएका थिए । क्लबका उपाध्यक्ष रामचन्द्र पाण्डेले स्वागत मन्तव्य दिएको कार्यक्रमको संचालन पत्रकार प्रकाश पाण्डेले गरेका थिए । प्रगियोगिता भोली पौष २७ गतेसम्म चल्नेछ ।

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ८ : ४४ बजे

बिहीबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

काठमाडौं । बिहीबारदेखि ४ दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार,

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन

उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वीरगञ्ज । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको